दार्चुला– विश्व रेविज दिवस सप्ताह २०२२ सुरु भएको छ । हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने रेविज दिवस “एक स्वास्थ्यको अवलम्वन रेजिवबाट शुन्य निधन” भन्ने मुल नाराका साथ वीहिबारबाट सप्ताह सुरु भएको हो । विश्व रेविज दिवस सप्ताह २०२२ को पहिलो दिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाको आयोजना र महाकाली नगरपालिका पशु सेवा शाखाको सह आयोजनामा कुकुरहरुलाई रेविज बिरुद्धको खोप लगाईएको छ ।
रेविज सप्ताहको चौथो दिन अर्थात (९) गते बजारमा छाडा छोडिएका कुकुरहरुको बन्ध्याकरण हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुला कार्यालय प्रमुख राम बहादुर खड्काले जानकारी दिए । गत अर्थिक वर्ष २०ं७८÷०७९ को जेठ महिनामा रेविज रोगवाट शैल्यशिखर नगरपालिकामा ३ वटा कुकुर र एउटा गाई मरेको कार्यालयले जनाएको छ । त्यसपश्चात भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाबाट १०० डोज रेविज खोप उपलब्ध गराई रोग नियन्त्रणमा आएको कार्यालय प्रमुख खड्काले जानकारी दिए । त्यस्तै गत आवमा महाकाली नगरपालिका ७ मा रेविज रोगका कारण दुध दिने भैसी मरेको थियो । विज्ञ केन्द्रको निगरानीमा रहेका २ वटा कुकुर समेत मरेका थिए । यो वर्ष हाल सम्म रेविज रोग देखा नपरेको कार्यालयले जनाएको छ ।
बहुला कुकुरको टोकाइबाट मानिसमा सर्ने रेविज रोग विरालो, न्याउरीमुसा र स्यालको टोकाइबाट यो रोग सर्ने गर्दछ । दार्चुलामा अर्थिक वर्ष २०ं७८÷०७९ मा १ सय २४ जना महिला र १ सय १९ जना पुरुषलाई रेविज विरुद्धको भेक्सिन दिईएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांकमा छ । बहुला वा शंकास्पद कुकुर वा जनावरले टोकेको खण्डमा तुरुन्तै सम्भव भएमा सावुन पानी वा सफा पानीले टोकेको भागमा ५ मिनेटसम्म राम्ररी सफा गरी घाउमा डिटोल आयोडिनको झोल लगाउनु रेविजको प्राथमिक उपचार रहेको पशु विकास अधिकृत डा. दिगम्वर जोशीले वताए ।
नेपाल सरकारको २०३० सम्म रेविज केस सुन्यमा झार्ने लक्ष्य रहेको र त्यही अनुसार रेविज सम्वन्धि काम कार्वाही भइरहको जोशीले जानकारी दिए । नेपालका सबै जिल्ला अस्पताल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र सरुवा रोग अस्पतालहरुबाट रेविजविरुद्धको खोप उपलब्ध रहेको छ ।
बिज्ञापान

