दार्चुला । दसैंका लागि दार्चुलाको ब्यासमा हेलिकोप्टरमार्फत ४ सय क्वीन्टल चामलसहित खाद्यान्न ढुवानी गरिने भएको छ । ब्यास गाउँपालिका १ तिंकरमा १६० र छाङरुमा २४० क्वीन्टल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बोलपत्र आह्वान गरेको छ । कम्पनीको शाखा कार्यालय दार्चुलादेखि व्यास गाउँपालिको तिंकर र छाङरुसम्म हेलिकोप्टरबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ ।
स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । यसैविच हिजो मात्रै व्यासँ गाउँपालिका उपाध्यक्ष विनोद सिह कुवरले दोस्रो जिल्लासभामा बोल्दै व्यास गाउँपालिका यातायातबाट निकै विकट रहेको र राष्ट्रियताको आभास गराउने हो भने सबै वडाहरुमा प्रत्येक महिनाको एकचोटी हेलिकप्टरबाट राशन ढुवानीको व्यवस्थापन गर्न नेपाल सरकारलाई जिल्ला सभाले माग गर्नुपर्ने विषय उठाएका हुन्न ।
नेपालको सुरक्षाकर्मीहरुले समेत भारतको खाद्यसामग्री प्रयोगमा ल्याउनुपर्ने बाध्याता छ भने सामान्य नागरिकको कुरै नगरौ व्याँस गाउँपालिका उपाध्यक्ष कुवरको भने । काठमाण्डौबाट मात्रै राष्ट्रियताको कुरा गरेर नहुने भएकोले व्यवहारिक रुपमा परिवर्तन हुने गरि प्रत्येक महिनामा एक पटक विकट वस्तीमा रासन ढुवानी गर्नुपर्नेमा जोड दिएका हुन्न।
