प्रेमराज जोशी दार्चुला भदौ २५ । महाकाली नगरपालिकाका प्रमुख एवं सुदूरपश्चिम संभाग सह संघचालक (प्रदेश उपाध्यक्ष) हंस राज भट्टले पशुपतिनाथ मन्दिर सरकारले तत्काल सञ्चालन गर्नु पर्ने वताएका छन् । हिन्दु स्वयंसेवक संघ नेपाल दार्चुलाले आयोजना गरेको गुरु दक्षिणा कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख भट्टले कोराना भाईरसका कारण वन्द रहेको पशुपतिनाथको मन्दिर सरकारले तत्काल सञ्चालन गरी हिन्दुधर्मावलम्वीहरुका लागी पुजाआजा गर्न खोलीनु पर्ने धारण राखेका हुन्न् ।
अरु चर्च, मस्जिद लगायत सम्पूर्ण क्षेत्रहरू पूर्णतया संचालन भई सकेको अवस्थामा पशुपतिनाथ मन्दिर मात्र बन्द रहनुको कुनै तुक नभएको उनको भनाई छ । पछिल्लो समय देशमा ब्यापक रुपमा धर्मपरिवर्तनको चर्चा चलेको भन्दै नेपालमा पनि क्रिशियन र मुस्लिम वढ्दै जाने प्रति चिन्ता ब्यक्त गर्नु भयो ।
राष्ट्र निर्माणका लागि समर्पण हिन्दु स्वयम सेवक संघले विगत देखी गुरु दक्षिणा कार्यक्रम गरिरहेको भन्दै यो संघ गैरराजनितिक र वौद्धिक ब्याक्तीहरुको संघ भएको धारणा राख्नु भयो ।
धर्म र संस्कृतिका लागी संघले काम गरिरहेको उनको भनाई छ । जिल्ला सदरमुकाम खलंगामा आयोजित गुरु दक्षिणा कार्यक्रममा जिल्ला संघचालक ( जिल्ला अध्यक्ष) अन्तराम ढाँट, जिल्ला समन्वय प्रमुख करविर वहादुर कार्की, महेन्द्र नमुना माध्यामिक विद्यालयका प्रधानाध्यापक रामदत्त जोशी, पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक लगायत अन्य शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेका थियो । गुरुदक्षिणामा भगवत ध्वज लाई गुरु मानी गुरु पूजन गर्ने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय