
दार्चुला भदौ २६ । नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड दार्चुला उपशाखाको आयोजनामा एक दिने अभिकर्ता तालिम सम्पन्न भएको छ । शनिवार जिल्ला सदरमुकाम खलंगामा सञ्चालित अभिकर्ता तालिममा नेपाल लाईफ कम्पनि सँग जोडिएका अभिकर्ताहरुको उपस्थिति रहेका थिए । अभिकर्ताहरुलाई विमा सम्वन्धि मार्केटिङ र विमित सँग कसरी विमा माग्ने भन्ने विषयमा तालिम दिईएको दार्चुला जिल्ला उपशाखा प्रमुख विक्रम वहादुर पालले जानकारी दिए । तालिमको सहजिकरण दार्चुला जिल्ला उपशाखा प्रमुख विक्रम वहादुर पाल, वरिष्ट सहायक जयसिह ठगुन्ना एजेन्सि म्यानेजर ईश्वर सिह ठगुन्ना, नविन जोशी र गणेश भट्टले गर्नु भएको थियो । २०५८ सालमा स्थापित नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले सर्वाधिक वोनसदर ६५ देखी ८२ सम्म दिएको छ ।