दार्चुला ।  सशस्त्र प्रहरीले रक्तदान गर्दा दार्चुलामा एक सुत्केरी महिलाको ज्यान जोगिएको छ । जिल्लाको महाकाली नगरपालिका–५ गल्फैकी २० वर्षीया संगिता लुहारलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार योगेन्द्र बहादुर खड्काले रगत दिएपछि ज्यान जोगिएको हो । सुत्केरी भएकी लुहारलाई अत्यधिक रक्तस्राव भएपछि रगत अभाव भएको थियो ।

रगत अभाव हुदाँ बिहीबार राती तत्काल सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणबाट सशस्त्र प्रहरी सहायक हवल्दार खड्का अस्पताल गई रगत दान गरेको गणपति डम्बर विष्टले जानकारी दिए । खड्काले ‘ओ पोजेटिभ’ रगत प्रदान गरेका थिए । अहिले ती सुत्केरी महिलाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

दार्चुलामा रक्त सञ्चार केन्द्र नहुँदा रगत आवश्यक परेको बेला सेना, प्रहरीकै भर पर्नुपर्ने बाध्यता छ । रगत चाहिने आकस्मिक बिरामीहरुका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले रक्तदान गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय