एजेन्सी । बंगलादेशलाई हराउँदै पाकिस्तान आइसिसी टी-२९ विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
बंगलादेशले दिएको १२८ रनको लक्ष्य पाकिस्तानले ११ बल बाँकी हुँदै मात्र ५ विकेटको क्षतिमा पुरा गर्यो।
उसका लागि मोहम्मद रिजवानले सर्वाधिक ३२ रन बनाए। यस्तै मोहम्मद हरिसले ३१ रन बनाउँदा कप्तान बाबर अजामले २५ रन बनाए ।
सान मसुदले नटआउट रन बनाए।
बंगलादेशका लागि नसुम अहमद,शाकिब अल हसन र इबादत हसनले १-१ विकेट लिए।
त्यसअघि एडिलेडमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
