प्रेमराज जोशी दार्चुला भदौ २८ । समुदायमा सरकारी वकिल कार्यक्रम अन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाको आयोजनामा एक दिने कानुन सम्वन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सोमवार जिल्ला स्थित पशुपति शिक्षा मन्दिरको सभाहलमा अभियोजनामा सुधार फौजादारी न्यायको आधार भन्ने मुल नाराका साथ समुदायमा सरकारी वकिल कार्यक्रम समपन्न भएको हो ।

सरकारी वकिल कार्यालय दार्चुलाका निमित्त न्यायधिवक्ता लक्ष्मण खनालले सरकारी वकिल कार्यालवाट नागरीकलाई प्रवाह हुने सेवा सुविधाका वारेमा पशुपति शिक्षा मन्दिरका शिक्षक र विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो । सरकारवादी मुद्धाहरुमा पिडितलाई सरकारी वकिल कार्यालयले आवश्यक सहयोग गर्ने वताए । कोहि कसैले संविद्यान विपरित काम गरे कानुनको दायरमा ल्याउने र राज्य सञ्चालनमा न्याय पालिकाको जनतालाई प्रत्याभुति दिलाउने वताए ।
वकिल को हो ? वकिलले के काम गर्छ ? र नेपाल सरकारले जारी गरेको संविद्यानमा वकिलको काम कर्तब्य के छ ? भन्ने वारे वताईएको छ । नजिकैको प्रहरी कार्यालयमा पिडित पक्षवाट दिएको निवेदनमा प्रहरीले आनाकानी गरे सिधै जिल्ला वकिल कार्यालयमा आएर निवेदन दिन पिडित लाई आग्रह गर्नु भएको छ । प्रमाणका आधारमा पिडित पक्षले न्यायोचित रुपमा न्याँय पाउने कुरामा विश्वास गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा जिल्ला समवन्य समिति दार्चुलाका प्रमुख एवंम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करविर वहादुर कार्कीले राज्य सञ्चालनका प्रमुख ३ अङ्ग मध्ये महत्वपुर्ण अङ्गका रुपमा न्यायपालिका रहेकोले संविधानको रक्षाका निमित्त पनि न्यायपालिकाको महत्वपुर्ण भुमिका हुने वताउनु भयो ।
नागरीकहरुको मौलिक हकको प्रत्याभुतिको लागि महत्वपुर्ण अङ्गको रुपमा न्यायपालिकाको परिचय दिन सकिने वताए । विद्यालयका प्रधानाध्यापक प्रेम सिह खातीले आफ्नो विद्यालयमा समय सान्द्रभिक कार्यक्रम लिएर विद्यालयका कर्मचारीहरु र विद्यार्थीहरुलाई जनचेताना दिएकोमा धन्यवाद दिदै विकट गाउँवस्तिका नागरीहरु सम्म पनि यो कार्यक्रम प्रभावकारी रुपमा पु¥याउनु पर्ने वताए ।
विद्यालयका निमित्त प्रधानाध्यापक नविन जोशीले सञ्चालन गर्नु भएको कार्यक्रमा जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाका कर्मचारी, शिद्धटोपी खवर अन्लाईन पत्रिकाका कार्यकारी प्रमुख प्रेमराज जोशी पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक शिक्षक विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय