![](https://siddatopikhabar.com/wp-content/uploads/2021/09/paisa.jpg)
प्रेमराज जोशी दार्चुला भदौ २८ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले व्यवसायीक पशुपालक किसानले व्यवसाय गर्न बंैकबाट लिएको ऋणको ब्याँज तिरिदिने भएको छ । चालु आर्थिक २०७८÷०७९ मा प्रदेश सरकारबाट कार्यालयलाई प्राप्त ४० लाख बजेटबाट पशुपालक कृषकले व्यवसाय गर्न लिएको ऋणको ८ प्रतिशत ब्याँज विज्ञ केन्द्रले सम्बन्धित कृषकलाई भुक्तानी गर्ने कार्यालय प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिए ।
ब्यवसायीक पशुपालक किसानले जिल्लाका जुनसुकै वंैकवाट ऋण निकालेर ब्याँज तिरेको रसिद ल्याए कुल ब्याँज दरको ८ प्रतिशत कार्यालय मार्फत भुक्तानी हुने उनले वताए । कार्यालयले जिल्ला भरी चालु आर्थिक वर्षमा सञ्चालन गर्ने कार्यक्रमको लागि आउदो असोज १० गते सम्म आवेदन दिन सार्वजनिक सुचना जारी गरेको छ ।
जसमा मत्स्य पालन, जिल्ला भरी मोडेल वाख्रा फर्म निर्माण, घासेवाली स्रोत केन्द्र विकाश, अपि र ब्याँस गाउँपालिकामा घुम्ति भेडापालन, ब्यवसायीक वाख्रा पालन, मत्स्य उत्पादन, टाउट माछा पालन, डेरी पसल सुधार, मुर्रा जातको रागा खरिद लगायत थुप्रै कार्यक्रमहरुको लागी जिल्ला भरीका ब्यवसायीक पशुपालक किसानहरुलाई आवेदन गर्न कार्यालयले अनुरोध गरेको छ ।
अहिले कार्यालयमा चार पाच जनाको आवेदन दैनिक पर्ने जनाईएको छ । कार्यविधिको आधारमा छनौट हुने भन्दै वास्तविक ब्यासायीक कृषकले अनुदान पाउने कार्यालय प्रमुख पन्तले जानकारी दिए । गत वर्ष कोरोना भाईरसका वेला पनि आफु लगायत कार्यलयका कर्मचारीहरु फिल्डमा खटिएकाले कार्यलयको कार्यप्रगति सय प्रतिशत पुर्ण भएको र यो वर्ष पनि कार्यक्रमहरु प्र्रभावकारी रुपमा सञ्चालन हुनेमा आफु विश्वस्त रहेको प्रमुख पन्तले वताए । आवेदनका लागी आफ्नो स्थानिय तहको सिफरिस, नागरीकता, आन्तरीक राजश्व कार्यालय वाट पेन नं., जिल्ला घरेलु कार्यालयमा फर्म दर्ता, जग्गाधनी स्वयम भए लालपुर्जा र लिजमा भए १० वर्षको सम्झौता पत्र आवश्यक रहेको कार्यालयले जनाएको छ ।