दार्चुला भदौ २९ । जिल्ला अस्पतालमा सोमबार परिक्षण गरिएका दुई जना बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । अत्याधिक ज्वरो र रुघाखोकीका लक्षण सहित उपचारका लागी आएका उनिहरुमा कोरोना परिक्षण गर्दा संक्रमण भेट्टीएको जिल्ला अस्पताल दार्चुलाका प्रमुख डाक्टर आदर्श लिम्बुले जानकारी दिए । जिल्लाका २ वर्षिय र ४ वर्षिय बालिकामा पहिलो पटक कोरोना संक्रमण भेट्टीएको उनले वताए ।
बालिकामा भेट्टीएको संक्रमण कोरोनाको तेस्रो भेरियन्टको हो वा होइन भन्ने बारे पिसिआर गरे पछि मात्रै थाहा हुने उनको भनाई छ । दार्चुलामा अहिले एन्टिजेन मात्रै छ । सोमबार ८ जनामा गरिएको एन्टिजेन परिक्षणमा २ बालिका सहित ६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भेट्टीएका ति दुवै जना बालिकालाई अहिले होम आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ । उनिहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको तथा अक्सीजनको आवश्यकता नपरेको उनले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय