दार्चुला भदौ २९ । सोमवार दुहुँ गाउँपालिकाको कार्यपालि वैठक सम्पन भएको छ । गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीको अध्यक्षतामा वसेको कार्यपालिका वैठकले दुहुँ गाउँपालिकालाई पुनः स्थापना र पुन निर्माण गर्न विषेश गाउँपालिकाका घोषणा गरिदिन प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने निर्णण गरेको छ ।
यहि भाद्र १३ गते राति परेको अविरल वर्षाका कारण वाढि पहिरोवाट मानववस्तिका लागि उपयुक्त नभएका गाउँपालिका भित्रका विभिन्न वस्तिका घरपरिवारहरुलाई निजको परिस्थिति अनुसार वस्ति स्थानान्तरण, पुनः स्थापना र पुन निर्माण गर्न संघ तथा प्रदेश सरकारलाई जिल्ला विपद ब्यवस्थापन समिति मार्फत अनुरोध गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता एवंम दुहुँ २ का वडा अध्यक्ष गोविन्द सिह डडालले जानकारी दिए ।
वाढि पहिरोवाट क्षत विक्षत भएका सार्वजानकि संरचनाहरु पुन निर्माणका लागि जिल्ला विपद ब्यवस्थापन समिति मार्फत प्रदेश तथा संघ सरकारलाई अनुरोध गर्ने, गाउँपालिका भित्र कार्यरथ कर्मचारी र शिक्षकहरुको ७ दिन वरावरको तलव विपद ब्यवस्थापन कोषमा जम्मा गर्ने, वाढि पहिरो पिडितको पुनस्थापना तथा पुर्वाधारहरुको पुननिर्माणका लागि प्रदेश सरकार र संघ सरकारलाई अनुरोध गर्ने र गाउँपालिकाका प्रतिनिधि मण्डल सम्पन्धित निकाय सम्म जाने निर्णय गरेको छ ।
भाद्र १३ गते रातिको अविरल वर्षाले दुहुँ गाउँपालिकामा सार्वजनिक सम्पति र ब्याक्तिगत सम्पति अर्वको क्षति भएको छ । ३ जनाको मृत्यु २ जना वेपत्ता भएका छन ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs