दार्चुला । सशस्त्र प्रहरी हवल्दारले एक रक्तस्राव भएर रजस्वला रोकिएकी महिला लाइ रगत दिनु भएको छ ।  सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलामा कार्यरत सशस्त्र प्रहरी हवल्दार नरेन्द्र विष्टले बुधबार रगत दिएका हुन । दुहुँ गाउँपालिका–५ की ३७ वर्षीया उर्मिला डडाललाई सशस्त्र प्रहरी हबलदार विष्टले रगत दिनुभएको जिल्ला अस्पताल कार्यालय दार्चुलाले जनाएको छ ।

अत्यधिक रक्तश्राव भएका कारण ३७ वर्षीया उर्मिलालाई रगतको आवश्यकता परेकाे थियाे । उनलाई आवश्यक परेकाे (ए) पोजेटिज रगत सशस्त्र प्रहरी हबलदार विष्टले दिनुभएकाे हाे ।

अत्यधिक रक्तश्राव भएपछि उर्मिलाको रजस्वला नै रोकिएको थियाे । सशस्त्र प्रहरी हबलदार विष्ट आज बुधवार जिल्ला अस्पताल पुगेर उहाँलाई एक पिन्ट रगत दिनुभएको गणका सूचना अधिकारी एवम् सशस्त्र प्रहरी नायब उपरीक्षक वीरसिंह धामीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय