प्रेमराज जोशी दार्चुला भदौ ३० । महाकाली लोकमार्ग अन्तर्गतको दार्चुला तिंकर सडक खण्ड सरकारको योजना र वजेटमा भिजन नभएका कारण निर्माण कार्यले गति लिन सकेको छैन । । १५ वर्षमा निर्माणको कार्य सम्पन्न गर्ने गरी निर्माणको कार्य थालनी गरेको दार्चुला तिंकर सडक विभाग सरकारको ठोस कदम र ठेकेदार कम्पनिको लापर्वाहीका कारण ढिला भएको बताउदै आएको छ ।
आर्थिक बर्ष २०६५÷०६६ सालवाट अहिले सम्म ३८ किलोमिटर मात्रै ब्याँस गाउँपालिकाको सुन्सेरा सम्म ट्याक खोल्न सकेको छ । १३ वर्ष सम्म यस सडकको कार्यप्रगति सन्तोजनक पाईएको छैन । यो वर्ष नेपाल सरकारवाट महाकाली लोकमार्ग निर्माणको लागि १ अर्व ३ करोड रुपैयाँ विनियोजन भएको दार्चुला तिंकर सडक आयोजनाका प्रमुख आशुतोश कर्णले जानकारी दिए ।
जसमा नेपाली सेनाले निर्माण गर्ने भनी २२ करोड ५० लाख रुपैयाँ आएको छ भने ७९ करोड रुपैयाँ महाकाली लोकमार्गमा आएको छ । नेपाली सेनाले ब्याँस गाउँपालिकाको कोठेधार देखी तिंकरसम्मको ७४ किलोमिटरमा निर्माण गर्ने भएको छ । ब्याँस गाउँपालिका–२ मा पर्ने कोठेधार देखी वडा नम्बर १ तिंकरसम्मको ७४ किलोमिटर सडक निर्माणको काम भदौ २४ गतेबाट नेपाली सेनाले गरिरहेको सेनाका सुचना अधिकारी सन्तोष बल्लब पौडेलले जानकारी दिए ।
वहुवर्षिय योजना फाईल योजना आयोगमा गएर अड्किएको छ मुअब्जा सम्वन्धि कुनै समस्या छैन् भनेर यतावाट पत्र पठाए योजना आयोगवाट अर्थमन्त्रालयमा जाने र वजेट आउने कार्यालय प्रमुख कर्णको भनाई छ । अर्थमन्त्रालयवाट वजेट स्वीकृत भई आए हिकिला सम्म पिच हुने उनको भनाई छ ।
यो वर्ष दार्चुला तिंकर सडक अन्तर्गतको कालागाड खोला र कुकुरेगाड खोलामा पक्की पुल निर्माण हुने भएको छ । भाद्र १३ गते राति परको अविरल वर्षाले श्रीवगर क्षेत्रमा निर्माण भएको पक्की पुल खोलाले पुर्ण रुपमा वगाइसकेको छ ।
यसको निर्माणको कार्य कहिले हुने भन्नेमा अनिश्चित वनको छ । लास्कु खोलामा निर्माणाधिन पक्की पुलको निर्माण ९९ प्रतिशत सम्पन्न भैसकेको छ । महाकाली लोकमार्ग अन्तर्गत डडेल्धुरामा १३ किलोमिटर, वैतडीमा ५७ र दार्चुलामा ९० किलोमिटर ट्याक खुलेको छ । १ सय २४ किलोमिटरका लागी ठेक्का लागिसकेको र ५४ किलोमिटरमा ठेक्का लाग्न वाकि रहेको छ । यो सडकलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा पनि लिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय