दार्चुला : केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम खलंगाको भावना सभाहलमा एक औपचारीक कार्यक्रमका बिच साधारणसभा सम्पन्न भएको हो । सहकारी संस्था संचालक समितिका अध्यक्ष हरक सिह बडालको अध्यक्षता, महाकाली नगरपालिकाका नगर प्रमुख नरसिंह चैसिरको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा ब्याँस गाउँपालिकाका उपाध्यक्ष विशिष्ट अतिथि रहनु भएको थियो ।
२०६२ सालमा स्थापना भएको संस्थाले हाल सम्म उल्लेख्य कार्यप्रगति गरेको संस्थाका कार्यकारी प्रमुख धनराज जोशीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन अनुसार संस्थामा ३ हजार ४ सय २१ ज्ना साधारण सदस्य रहेका छन् । प्रतिवेदन अनुसार साधारण सदस्यमा महिलाको संख्या उलेख्य रहेको छ । संस्थामा २ हजार ४४२ जना महिला सदस्य रहेका छन्, भने ९७३ पुरुष सदस्य रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिनुभयो ।
संस्थामा ३५० जना बाल बचतकर्ता, सहरकारी तर्फ १९८ ऋणी सदस्य र लद्युवित्त तर्फ ३८६ जना ऋणी सदस्य रहेका छन् । सहकारीलाई अहिले १३ जना कर्मचारीले चलाइरहेका छन् । सहकारीमा ५ जना महिला तथा ८ जना पुरुष कर्मचारी रहेका छन् । संस्थाले व्यापार, पशुपालन, कृषि, वैदेशिक रोजगार, उद्योगधन्दा संचालनका लागि ऋण प्रदान गर्ने बताइएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा कार्यक्षेत्र बनाएर संस्थाले काम गरिरहेको अधिकृत जोशीले बताउनुभयो ।
१७ औ बार्षिक साधारणसभामा संचालक समितिको तर्फबाट अध्यक्ष हरक सिह बडालले संस्थाको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदन अनुसार संस्था संग ७ करोड ५७ लाख ७१ हजार ५४२ रुपैया बचत छ । संस्थाले हाल सम्म १ करोड ८० लाख ३४ हजार ७०० रुपैयाँ शेयरपुँजी चुक्ता गरिसकेको छ ।
संस्थाले ग्रामीण लघुवित्त विकास केन्द्र लिमिटेडबाट लिएको कर्जा ३५ लाख ५३ हजार ८६१, राष्ट्रिय सहकारी बैंकबाट लिएको ४८ लाख २६ हजार ६६८ गरी ८३ लाख ८० हजार ५२९ रुपैया बाह्य कर्जा तिर्न बाकी रहेको छ । संस्थाले हाल सम्म नेपाल सरकारबाट १ लाख रुपैया पुँजीगत अनुदान प्राप्त गरेको छ ।

प्रतिवेदन अनुसार संस्थाले हाल सम्म १० करोड ३१ लाख २८ हजार १२० रुपैया ऋण लगानी गरेको छ । संस्थाको हाल सम्म १ करोड २५ लाख २२ हजार ५६० रुपैया बंैकमा मौज्दात रहेको जनाइएको छ । संस्थाको कोषमा रहेको मुनाफा रकम १ करोड ९ लाख ६६ हजार ९७ रुपैया रहेको छ  । औपचारिक कार्यक्रमको संचालन संस्थाका सचिव सुरेन्द्र बहादुर बमले गर्नु भएको थियो, भने, संस्थाका सदस्य जमन सिंह महराले कार्यक्रममा स्वागत मनतव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय