दार्चुला भदौ ३० । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समुहको युवा संगठन नेपालले राजनितिक आस्थाका आधारमा बन्दी बनाएका आस्थाका बन्दीलाई निसर्त रिहाईको माग गर्दै आज सरकारलाई ज्ञापन बुझाएको छ । आफुहरुले नेपालमा राजनितिक स्थायित्व, दिर्घशान्ती, समृद्धि र जनताको अधिकार सुनिश्चित भएको हेर्न चाहेको भन्दै राजनितिक आस्थाका आधारमा बन्दी बनाइएकाहरुलाई निसर्त रिहाई गर्न जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत सरकारलाई ज्ञापन बुझाएको युवा संगठन दार्चुलाले जनाएको छ ।
युवा संगठनले देशमा रहेका विभिन्न जातिय समस्या, लैङ्गिक, क्षेत्रिय तथा बर्गिय समस्याहरुको समाधान र उचित व्यवस्थापन सहितको राज्य व्यवस्था चाहेको बताउदै राजनितिक आस्थाका आधारमा लगाइएका झुट्टा मुद्धाहरु तुरुन्त खारेज गर्न समेत ज्ञापन मार्फत माग गरेका छन् । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्वसना भट्टलाई ज्ञापन बुझाएको संगठनले जनाएको छ । ज्ञापनको बोधार्थ प्रधानमन्त्रिको कार्यालय सिंहदरबार पठाइएको जनाइएको छ । सरकार र पार्टी बिच भएको लामो छलफल पछि राजनैतिक प्रतिबन्ध हटाएर नयाँ राजनितिक कोर्षको सुरुवात भएको भए पनि सहमती पत्रमा उल्लेख भएका बुदाहरु मध्ये प्रतिबन्ध फुकुवा गर्ने बाहेक अरु कुनै पनि बुदाहरु लागु नभएको भन्दै अरु बुदाहरुको तत्काल कार्यान्वयन गर्नुपर्ने पनि उनिहरुको माग छ । आफुहरुको पार्टी जनमत संग्रहको पक्षमा रहेको भन्दै त्यसका लागी वातावरण तयार गर्न पनि सरकार संग ज्ञापन मार्फत माग गरिएको छ । साथै संगठनले नेपाल कम्युनिष्ट पार्टी संग सरकारले गरेका तिन बुदे सहमतीलाई कार्यान्वयन गर्नु पर्ने माग राखेको छ । माग पुरा नभए सरकारले राजनितिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रहरुमा ठुलो प्रभाव झेल्नु बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय