दार्चुला भदौ ३० । मंगलवार यु पी ए मिडिया प्रा.लि द्वारा सञ्चालित सुप्रिम खवर र विशेष मिडिया प्रालिद्धारा सञ्चालित विशेष पाटी अन्लाईन खवरले प्रकाशित गरेको भ्रामक र तथ्यहिन समाचार प्रति ब्याँस गाउपालिकाको ध्यानाकर्षण भएको छ । वुधवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरी राज्यको चौथो अंगका रूपमा रहेर जनता लाई सत्यतथ्य समाचार सम्प्रेषण गरेर समाज लाई सुसूचित गर्ने संचार माध्यमको धर्म भुलेर कौडिको भावमा बिक्री भई आफ्नो व्यक्तिगत स्वार्थ लाभको लागी कसैको चरित्र हत्या गर्नु कुनै पनि संचार माध्यम र संचारकर्मीको नैतिकताले नदिने विज्ञप्तिमा भनिएको छ ।समाचारको शिर्षकमा उल्लेख गरिए जस्तो आफु कुनै दलको पार्टीको अध्यक्ष नभई सम्पुर्ण ब्याँसबासी जनताको जनप्रतिनिधि रहेको भन्ने कुरा समाचार लेख्ने पत्रकार लाई स्मरण गराउनु भएको छ ।

ब्याँस गाउँपालिका बासी जनसमुदायले आफुलाई निर्वाचित गरेको ५ बर्ष पुरा हुन लागेको भन्दै आफु गाउँपालिका अध्यक्षको पदको सपथ लिएर जिम्मेवारि वहन गरेको दिन देखि आजको मिति सम्ममा ब्यास बासी जनताको सेवक भएर आफ्नो बुद्धि विवेक क्षमताले भ्याएसम्म स्थानीय तहमा उपलब्ध अधिकारहरुको प्रयोग गरि ब्यास गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन समृद्धि र विकासका आधारस्तम्भ खडा गर्न आफ्नो व्यक्तिगत र दलिय स्वार्थ भन्दा माथी उठेर जनतालाई केन्द्रमा राखेर काम गरिरहेको वताईएको छ ।
ब्यास गाउँपालिकाको आ.व २०७८÷०७९ को बजेट जनताको आवश्यकता,माग र समस्या लाई सम्बोधन हुनेगरी निति नियम ऐन कानुन अनुसार नै बजेट निर्माण गरिएको र स्थानीय सरकार संचालन ऐन को दफा १७ अनुसार कार्यपालिका बैठकको निर्णय गरेर सर्वसम्मत रूपमा नै गाउँ सभा बाट बजेट स्वीकृत भएको ब्यहोरा वताईएको छ ।
केहि असन्तुष्टि भएपनि गाउँसभा मै असहमति राख्न पाँउने कानुनी प्रावधान हुँदा हुँदै गाउँसभामै उपस्थित नभई गाउँसभा बहिष्कार गर्यौ भनी गर्भले छाती फुलाउनु कुनै पनि जनप्रतिनिधिको नैतिकताले नदिने भन्दै कार्यपालिका बैठक भनेको जनताका समस्या समाधान गर्ने गाउँपालिकाको समग्र क्षेत्रको विकासका लागी विभिन्न बिषयमा छलफल बहस गर्ने थलो भएकाले आफ्नो असन्तुष्टि गुनासो पनि कार्यपालिका बैठक मै राखी छलफलको माध्यम बाट समस्या समाधान हुने हुँदा कार्यपालिका बैठक नै बहिष्कार गर्नु उचित नहुने र कार्यपालिका बैठकमा उपस्थितिको लागी वडा नम्बर १,३,४ का वडा अध्यक्ष ज्यु हरुलाई प्रेस विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
जनता सार्वभौमसत्ता सम्पन्न छन् र लोकतान्त्रमा जनता नै ठुलो शक्ति हो । आफु जनता बाट निर्वाचित जनप्रतिनिधि भएकोले जनताले आफ्नो काम प्रति खबरदारी गर्नु जनताको अधिकार हो । आफ्नो गल्ती कमि कमजोरी औल्याएर आफ्नो आलोचना गर्ने, आफुलाई खबरदारी गर्ने जो कोहीलाई पनि आफु उच्च संमान प्रकट गर्ने विज्ञप्तिमा भनिएको छ ।
सुप्रिम खवर अन्लाईन र विशेषपाटी अन्लाईन समाचारमा लेखीए जस्तो आफुले कसैलाई आफ्नो आलोचना गरेर मार्छु काट्छु भनेर धम्की कुराको आफु मानसपटलमा कल्पना सम्म गर्न नसक्ने उल्लेख गरिएको छ ।
आफुले कसैलाई डराएरको,थर्काएको,धम्क्याएको छैन भन्ने कुरा प्रष्ट पारिएको छ । कसैले मलाई डराएरको,थर्काएको,धम्क्याएको छ भन्ने प्रमाण सहित भन्छ भने आफुलाई कानुनी कार्वाही गर्न अनुरोध गर्दै तथ्य हिन भ्रामक र कपोलकल्पित समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडिया लाई कानुनी कार्वाहीको माग गर्दछु विज्ञप्तिमा भनिएको छ ।
पत्रकार आचारसंहिता उल्लघंन र ब्याक्तिगत मानमर्दन गर्ने पत्रकार र संचार माध्यमलाई आवश्यक कार्वाहीका लागि प्रेश काउन्सिलको नेपालको ध्यानाकर्षण गराउन चाहन्छु गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा लेखिएको छ । यि दुवै अन्लाईन संघको राजधानी काठमाडौंवाट सञ्चालितमा छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय