दार्चुला जिल्लाको महाकाली नगरपालिका–५ खेट्टेबगडमा मोटरसाइकल दुर्घटना हुदा दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा शैल्यशिखर नगरपालिका—९ का जगदीश साउँद र लेकम गाउँपालिकाका हर्क सिंह धामी रहेको प्रहरीले जनाएको छ । बुधवार बेलुकी दार्चुला सदरमुकामबाट गोकुलेश्वर तर्फ गइरहेको सु।प।प्र ७४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित हुदाँ दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परि घाइते भएका जगदीशको अवस्था गम्भीर रहेको जनाइएको छ । भने हर्क सिंह धामीको अवस्था सामान्य रहेको छ । गम्भीर घाइते भएका साउँदलाई कोहलपुर रेफर गरिएको अस्पताल स्रोतले जनाएको छ । मोटरसाइकल सडकबाट २० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय