दार्चुला । दार्चुला जिल्ला बचत तथा रिण सहकारी संस्था लिमिटेडको १० औ साधारण सभा सम्पन्न भएको छ । जिल्ला बचत तथा रिण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमवल्लभ जोशीको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ लिमिटेडका अध्यक्ष धनराज जोशी रहनु भएको थियो  ।
जिल्ला बचत तथा रिण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमवल्लभ जोशीले प्रतिबेदन प्रस्तुत गरेका थिए ।  जिल्लामा बचत तथा रिण सहकारी सस्था ७७ वटा रहेको भएपनी संघमा आवद्ध २६ मात्रै रहेको र त्यसमा पनि ६ वटा निष्क्रिय र बाकी २० वटा सकृय रहेको जानकारी दिए । संघले जिल्लाको दुहु, ब्यास र मार्मा क्षेत्रको प्रतिनिधित्व गरेको छ । संघमा सेयर पुजि ३५ हजार, बचत रकम १ लाख ९७ हजार र रिण लगानी १ लाख ६ हजार रहेको छ । संघले नेफ्सकुनमा एक लाख २५ हजार लगानी गरेको छ ।
जिल्ला बचत तथा रिण सहकारी संस्था लिमिटेड सहकारी महासंघ लिमिटेड नेपाल, नेफ्सकुन, प्रदेश बचत तथा रिण सहकारी संघ र जिल्ला सहकारी संघमा आवद्ध रहेको छ । संघका अध्यक्ष जोशीका अनुसार अगामी दिनहरुमा सबै सस्थाहरुलाइ सकृय बनाउन सहकारी बचत संघले उल्लेखनीय भुमिका निर्वाह गर्ने र जिल्लाका ९ वटै स्थानीय तह सग समन्वय गरेर अगाडि बड्ने बताए ।
कार्यक्रममा संघमा आवद्ध १९ जना जिल्ला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय