![](https://siddatopikhabar.com/wp-content/uploads/2021/09/Bhatt.jpg)
दार्चुला भदौ ३१ । मोटरसाइकल दुर्घटनामा परि घाइते भएका जगदीश साउँद र हर्क सिंह धामीलाई महाकाली नगरपालिकाका नगरप्रमुख हंस राज भट्टको सहयोगमा थप उपचारका लागि धनगढी रेफर गरिएको छ । दुर्घटनामा परि गम्भीर घाइते भएका साउँद र धामीलाई जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
नगरप्रमुख भट्ट जिल्ला अस्पताल पुगेर उनीहरुको अवस्था बुझी धनगढी जानलाई ४० लिटर डिजेल उपलब्ध गराएका हो । यस्तै नगरपालिकाको विपद व्यवस्थापनको टोलीले दुर्घटनास्थलबाट उनीहरुको उद्धार समेत गरेको थियो ।
दार्चुला सदरमुकाम खलंगाबाट वुधवार वेलुकी गोकुलेश्वरतर्फ जाँदै गरेको सुपप्र ००१ प ७४२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई महाकाली नगरपालिका–५ खेट्टेबगरमा बुधवार बेलुकी दुर्घटना हुँदा उनी घाइते भएका थिए । घाइतेमध्ये जगदीशको अवस्था गम्भीर रहेको जनाइएको छ ।