दार्चुला : २०६८ सालमा स्थापना भएको स्वावलम्बी बचत तथा ऋण सहकारी संस्था लिमिटेड नयाँ व्यवस्थापनका साथ आजबाट पुनः संचालनमा आएको छ । जिल्ला समन्वय समिति प्रमुख महादेव बडू कश्यपको प्रमुख आतिथ्यततामा सहकारीको एक कार्यक्रमका बिच उद्घाटन गरिएको सहकारी संचालक समितिका अध्यक्ष हंसराज भट्टले जानकारी दिनुभयो । सदरमुकाम खलंगाको महाकाली नगरपालिका–४ स्थित कार्यालय स्थापना गरिएको सहकारीको प्रमुख अतिथि बडूले रिबन काटेर उद्घाटन गर्नु भएको थियो ।
सहकारीको संचालक समितिको अध्यक्षमा महाकाली नगरपालिकाका पुर्व नगर प्रमुख हंसराज भट्ट, उपाध्यक्षमा नारायण दत्त बडू, सचिवमा महाकाली नगरपालिका–४ का पुर्व वडा अध्यक्ष पुष्करराज जोशी, कोषाध्यक्षमा कलावती बडाल, सदस्यहरुमा महाकाली नगरपालिकाका पुर्व नगर उपप्रमुख सुना बोहरा, माया जोशी र महादेव जोशी रहनु भएको छ । संस्थाको लेखा समितिको संयोजकमा सावित्रि जोशी तथा हरीश चन्द्र जोशी र गोकर्ण देव बडू सदस्य रहनु भएको छ ।
सहकारी संस्थामा दैनिक बचत, नियमित मासिक बचत, स्वावलम्बी सुनौलो भविष्य बचत (बाल बचत), समृदी बचत, नारी सुरक्षा बचत, चाड पर्व बचत, आकस्मिक बचत, जेष्ठ नागरिक बचत, आवधिक बचत र पेन्सनमा बचत गर्न सकिने अध्यक्ष भट्टले बताउनुभयो । सहकारी संस्थाले सेयर धनी र बचतकर्तालाई उपलब्ध गराउने व्याजदर केहि दिन भित्रै सार्वजनिक गर्ने जनाइएको छ । ‘बचत गर्ने बानीको विकास गरौं स्वावलम्बी बनौ’ भन्ने सहकारीको मुख्य नारा रहेको छ । dfm
