दार्चुला भदौ ३१ । विहिवार एक कार्यक्रमका विच दर्जन बढी कार्यकर्ता नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । महाकाली नगरपालिका वडा नम्बर २ का पुर्व शिक्षक समाजसेवी एवं कुसल व्यवहारिक शंकर सिंह डोबाल लगायतका नेताहरु पार्टीमा प्रवेश गरेको नेपाली कांग्रेस दार्चुलाले जनाएको छ ।
गौरबमय इतिहास बोकेको नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे संगै पुर्व शिक्षक डोबालले पार्टीले दिएको जिम्मेबारी ईमान्दारीका साथ पालना गर्ने बताए ।
गाउँ समाजको विकास गर्नका लागी कुनै न कुनै राजनितिक दलको सदस्य हुनुपर्ने अवस्था देखेका कारण आफुले राष्ट्र र राष्ट्रियताका पक्षमा रहेको नेपाली कांग्रेस पार्टीको सदस्यता लिएको प्रतिक्रिया दिनु भएको छ ।
महाकाली नगरपालिकाका नगर प्रमुख हंसराज भट्ट उपस्थित रहेको कार्यक्रममा उनी लगायत दर्जन बढी कार्यकर्ताले नेपाली कांग्रेस पार्टीको सदस्यता लिएका छन् । सदस्यता लिने उहाहरु सबै जनालाई नगर प्रमुख हंसराज भट्टले एक कार्यक्रमका बीच नेपाली कांग्रेस पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs