दार्चुला । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।
तर, जिल्ला अस्पताल दार्चुलामा माघ पहिलो साता बिग्रिएको एक्सरे मेशिन हाल सम्म निर्माण नहुँदा स्वास्थ्य सेवाग्राही सेवाबाट वञ्चित हुनु परेको छ ।

अस्पताल प्रशासनले नयाँ एक्सरे मेसिन विग्रीएका कारण पुरानो एक्सरे मेसिन संचालन गरेपनि खासै स्पष्ट चित्र नदेखिने गरेको अस्पतालले जनाएको छ । नयाँ मेसिनको मर्मत गर्न एक हप्ता जति समय लाग्ने अस्पताल ब्यवस्थापन समितिले जनाएको छ । एक्सरे सेवा अवरूद्ध हुँदा एक्सरे सेवा लिनु पर्ने बिरामी महङ्गो शुल्कमा भारतको धार्चुला गएर निजी क्लिनिकमा एक्सरे गर्न बाध्य भएका छन । एक्सरे रेडियोग्राफरहरुले अनावश्यक रुपमा बढी एक्सरे खिच्ने र बढी पैसा लिने गरेको बिरामीहरुले बताए ।
छातिको एक्सरे गर्न गाउँबाट बिहानै जिल्ला अस्पताल आएका एक जना बिरामी अस्पतालमा एक्सरे सेवा नपाएपछि भारतको धार्चुलामा उपचार गराएको वताए । उनले भने–‘जिल्ला अस्पतालमा एक्सरे छ भनेर आएको बिग्रेको छ रे । अब भारतको धार्चुला जान्छु ।’
अस्पातलमा विभिन्न कारणले एक्सरे गराउन दैनिक दर्जन बढी बिरामी आउने गरेको बिरामी अभिलेखमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय