दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकालाई भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले स्ट्रेचर पठाएको छ ।
६ थान फोल्डिङ्ग स्ट्रेचर भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामीलाई सम्पर्क गर्दै स्ट्रेचर पठाएको भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिका राज बहादुर चन्दले बताए ।
गाउँपालिका– २ न्वालपानीकी १८ वर्षीया एक किशोरीलाई गत बुधवार सुत्केरी बेथा लाग्यो । पहिलोपटक सुत्केरी हुन लागेकी किशोरीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन गाउँभरी नै स्ट्रेचर खोज्दा भेटिएन । उनले गाउँमै रहेको भगवती स्पास्थ्य चौकीमा छोरी जन्माएकी छिन ।
गाउँमा बिरामी बोक्ने स्ट्रेचर समेत छैन भन्ने शिर्षशकमा धनगढी खबरले समाचार प्रकाशन गरेको थियो । उक्त समाचार पढेर गाउँपालिकालाई स्ट्रेचर भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिका चन्दले बताए ।
यस अघि पनि उक्त संस्थाले सडक संजालमा न जोडिएका सुदूरपश्चिमका पहाडी जिल्लाहरुका गाँउहरुमा स्ट्रेचरहरु पठाईएको चन्दले बताए ।
भक्त बि बि हेल्पिङ्ग ह्यान्डस् फर ह्युमानिटिले अहिले समाज रुपान्त्रण लागी बिभिन्न काम गरी समाजिक सेवामा लागीरहेको छ । धनगढी खबर
