दार्चुला असोज ०१ । भदौ १३ गते परेको मनसुन जन्य अविरल वर्षाका कारण बाढी, पहिरोबाट प्रभावित दुहुँ गाउँपालिकाका विभिन्न बस्तीहरुलाई स्थानान्तरण गर्नका लागी नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकाय समक्ष पहल गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा विहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले दुहुँ गाउँपालिका वडा नम्बर २ अन्तर्गत क्षतिग्रस्त बस्तिहरु नरोली, अफरे, बथ्थोली, अङिरखाड, वडा नम्बर ५ अन्तर्गत पर्ने सिमार, नागचौपाती, मखमाली, दमाउढुङ्गा, चुच्चौगाडा र वडा नम्बर ३ को श्रीबगड बस्तीहरुमा जमिन भासिएर चिरा–चिरा भई क्षति भएकोले उक्त क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बसोबासका लागि बस्ती स्थानान्तरण गर्न सम्बन्धित निकाय समक्ष पहल गर्ने निर्णय गरेको हो ।
बैठकले यस वर्षको मनसुन जन्य अविरल वर्षाका कारण विभिन्न मितिमा वर्षा संगै आएको बाढी, पहिरोबाट जिल्लाका विभिन्न स्थानीय तहहरुमा विपदबाट व्यक्तिहरुका घर÷आवास पूर्ण क्षति तथा विपदबाट घर÷आवास जोखिम भई विस्तापित भएका विपद पिडित परिवारहरुलाई स्थानीय तहहरुबाट सिफारिस भए अनुसार पुर्नस्थापना, पुनर्निर्माण र मर्मत प्रबलीकरण कार्यका लागि गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गर्ने निर्णय गरेको बैठकमा सहभागी दुहुँ गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर काकीले जानकारी दिए ।
यस्तै लघु जलविद्युत योजना, विद्युत पोल, झोलङ्गे पुल, आर।सि।सि। पुल, मोटरेवल पुल, खानेपानी योजना, सिंचाई योजना, विद्यालयहरु, सडक बाटो, सरकारी कार्यालय जस्ता संरचनाहरुमा भएको क्षतिको पुनर्निर्माण कार्यका लागि संघीय सरकार र प्रदेश सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको उहाले बताउनुभयो । मानवीय संवेदनशिलतालाई समेत मध्यनजर गरी विपदबाट क्षतिग्रस्त दुहुँ गाउँपालिका क्षेत्र भित्र अविलम्ब भौतिक संरचनाहरुको पुनर्निर्माण कार्यका लागि सिफारिस गर्ने समेत निर्णय गरिएको बताइएको छ ।
बैठकमा अपी हिमाल गाउँपालिकाको वडा नम्बर ३ र ४ स्थित गौडेखोलामा आएको बाढीका कारण केही व्याक्ति, परिवारका घरहरु उच्च जोखिममा रहेकोले उक्त खोला किनारमा तटबन्ध निर्माण गर्न प्रदेश सरकारलाई अनुरोध गर्ने, मार्मा गाउँपालिका वडा नम्बर ४ स्थित मेलगाड खोलामा आएको बाढीका कारण उक्त खोला किनार आसपासका बस्ति समेतमा जोखिम भएको र सार्वजनिक र निजी व्यक्तिहरुको सम्पत्तिमा ठूलो क्षति पु¥याएको, खानेपानी, सिंचाई लगायत भौतिक पूर्वाधारहरुमा क्षति पु¥याएको अवस्थालाई मध्यनजर गर्दै मेलगाड खोला किनारमामा अविलम्ब पक्कि तटबन्ध निर्माणका साथै झोलङ्गे पुल निर्माण कार्यका लागि प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा नम्बर १ श्रीबगड तथा दुहुँ गाउँपालिका वडा नम्बर ३ को बीच सिमाना श्रीबगड स्थित निजाङ खोलामा आएको बाढीले पक्की मोटरेबल पुल बगाई पूर्ण क्षति हुँदा दुहुँ गाउँपालिका प्रवेश हुने यातायात सेवा अवरुद्ध भएकोले अविलम्ब पुनर्निर्माण कार्यका लागि नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय बैठकले गरेको छ ।
यसैगरी महाकाली नगरपालिका वडा नम्बर ८ स्थित डङ्या देखि धौकोट सम्म निर्माणाधिन कच्ची सडकका कारण उल्लेखित सडक खण्डको असिगडा देखि माथि सडक छेउ भीरपट्टीबाट पहिरो खसेर असिगडा सैन्या कटाल क्षेत्र देखि तल असिगडा बगड सम्म धैरै व्यक्तिहरुको खेतियोग्य जमिन, खेतिपाति क्षति भएको असिगडा डिङ्गेबगर स्थित विभिन्न व्यक्तिहरुको खेतियोग्य जमिन, खेतिपाति, बोटविरुवा क्षति भइ घर समेत जोखिम अवस्थामा भई विस्तापित हुनु परेको अवस्थामा सडक योजना संचालन गर्ने महाकाली नगरपालिकालाई अविलम्ब उक्त सडक खण्डको जोखिम तथा पहिरो भएको स्थानमा प्राविधिक जाँचबुझ गरी पक्की सिमेन्टेड आरसिसि पर्खाल निर्माण गर्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै दुहुँ गाउँपालिका अन्तर्गत वडा नं। २, ३ र ५ मा बाढी र पहिरो गई ठुलो संख्यामा जनधनको क्षति हुनुका साथै क्षतिग्रस्त बस्तीहरु नरोली, राता, गुना, अफरे, बथ्थोली, सिमार, सुतखोला लगायत क्षेत्रहरुका बस्तीहरु क्षति भएकाले भौगर्भिक अध्ययनको लागि भु–गर्भ विदको टोली खटाई पठाउन नेपाल सरकार गृह मन्त्रालय मार्फत सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय