
दार्चुला असोज ०१ । जिल्ला सदरमुकाम खलंगामा सञ्चालित वसन्तभ्याली पब्लिक स्कुलले दुहुँका वाढी पहिरो पिडितलाई सहयोग गरेको छ ।
दुहुँ गाउँपालिका वाढी पहिरो पिडितहरुलाई सहयोग संकलन समितिका कोषाध्यक्ष पुरन सिह साहुलाई विद्यालयका प्रधानाध्यापक खडक सिह कार्की र विद्यालय ब्यवस्थापन समिति अध्यक्ष अंतराम ढाँटले नगद चेक हस्तान्तरण गरेको छ ।
भाद्र १३ गते राति परेको अविरल वर्षाले दुहुँका पिडित नागरीकहरुकोे घाउँमा सानै भएपनि मलम लगाउने प्रयास गरेको विद्यालयका प्रधानाध्यापक खडक सिह कार्कीले वताए ।
पाच हजार १ सय रुपैयाँको नगद चेक हस्तान्तरण गरेको विद्यालय संचालक समिति अध्यक्ष ढाँटले जानकारी दिए ।
विपतको वेला सानै भएपनि सहयोग गरेको भन्दै सहयोग संकलन समितिले विद्यालयलाई धन्यवाद दिएको छ ।