दार्चुला । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुला उपशाखा बाट मृतकका परिवारलाई दाबी भुक्तानी गरिएको छ । २०७७ भाद्र १५ गते नेपाल लाइफमा रु. ३ लाख बीमाङ्क रकमको सुरक्षित जीवन बीमा गरेका नौगाड गाउँपालिका वडा नम्बर ४ घर भएका ज्ञानि टमटाका छोरा कृष्ण राम टमटाको यही असोज १ गते होपरीमा भएको जिप दुर्घटनामा परी उपचारको क्रममा असोज १२ गते सिटि लाइफ ट्रमा सेन्टर भारतको लखनौमा मृत्यु भएको थियो ।
पहिलो, द्रोस्रो र तेस्रो प्रीमियम स्वरुप रु. ६१ हजार ७ सय ३१ रकम मात्र बीमा शुल्क बुझाएका उनको जिप दुर्घटनामा मृत्यु भएको हो । नेपाल लाइफले बीमित स्वर्गिय कृष्ण राम टमटाका श्रीमती मनमती टमटालाई दार्चुला उपशाखा कार्यालयमा एक कार्यक्रमका बीच बिहिवार रु. ३ लाख बीमाङ्क, दुर्घटना वाफत ३ लाख र ३७ हजार ५ सय बोनस गरि ६ लाख ३७ हजार ५ सयको चेक हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दार्चुला उपशाखा प्रमुख जय सिह ठगुन्नाले परिवारलाई सो चेक हस्तान्तरण गरेका हुन ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उपशाखा प्रमुख ठगुन्नाले जीवन बीमालाई विश्वासनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनिय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास लिएका छौं, ठगुन्नाले भने।
