दार्चुला असोज ०१ । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट सुक्रवार एक जना बिमाङ्कलाई मृत्यु दाबी भुक्तानी हस्तान्त्रण गरिएको छ । सहकारीले २०७३ साल माघ महिना देखी संचालन गरेको लघुवित्त कार्यक्रमका ऋणी तथा बिमाङ्क दुहुँ गाउँपालिका–२ अफरे लघुवित्त केन्द्र नम्बर ३८ का सदस्य धौली देवि डडालको मृत्यु दाबी भुक्तानी गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशीले जानकारी दिए ।
सहकारीले २०७७ साल देखी लघुवित्तमा ऋण लगानी गर्दा ऋणीको बिमा गर्ने कार्य शुरू गरेको जनाइएको छ ।
सहकारीले ज्योति लाईफ ईन्सोरेन्स बिमा कम्पनी संगको समन्वयमा लघुवित्तमा आबद्ध सदस्यहरुको बिमा गरिदिने गरेको उनले वताए ।
उक्त कार्यक्रममा ऋण लगानी गरेका ऋणीहरू मध्ये मिति २०७७ कार्तिक २६ गते ऋण दुहुँ गाउँपालिका–२ अफरेका सदस्य धौली देवि डडाललाई लघुवित्त मार्फत एक लाख लगानी गरिएको उनले वताए ।
लघुवित्त कार्यक्रममा ऋण लगानी गर्दा बिमा गर्नुपर्ने अनिवार्य भएको तथा बिमा गर्दा ऋण लगानीको प्रति हजारमा ६ रूपैया १५ पैसाका दरले शुल्क तिर्नुपर्ने बताइएको छ । ऋणी तथा मृतक धौली देवि डडालले एक लाख रुपैया ऋण लिदा ६ सय १५ रूपैया भुत्तान गरी ज्योति लाईफ ईन्सोरेन्स बिमा कम्पनीमा १ वर्षका लागि १ लाखको म्यादी बिमा गर्नु भएको थियो ।
ऋणी डडालको २०७८ साउन ३ गते सामान्य ज्वरोका कारण घरमै मृत्यु भए पछि म्यादी बिमा गरे वाफत उनका घरपरिवारले क्रिया खर्च वाफत २५ हजार तथा लघुवित्तबाट निकालेको ऋण भुक्तान गर्न बाकी ६८ हजार ४ सय ८१ रुपैया भुक्तान गरी बाकि ३१ हजार ५ सय १९ रुपैया नगद प्राप्त गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले बताए ।
क्रिया खर्च वाफतको २५ हजार र ऋण भुक्तान गरी बाकी रहेको ३१ हजार ५ सय १९ गरी ५६ हजार ५ सय १९ रुपैयाको चेक उनका श्रीमान धने डडाललाई सहकारीको कार्यालयमा बोलाई हस्तान्त्रण गरिएको उनले वताए ।
उल्लेखित रकमको चेक संस्थाका अध्यक्ष हरक सिह बडालले संस्थाका प्रमुख कार्यकारी अधिकृत धनराज जोशी, प्रबन्धक प्रेम बल्लभ जोशी र युनियन लाईफ ईन्सोरेन्सका दार्चुला शाखा प्रमुख बिर्खराज जोशीको उपस्थितिमा हस्तातरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय