दार्चुला । निर्माण सम्पन्न भएको ६ महिना हुदा सम्म पनि नेपाल टेलिकमको टावर संचालनमा आउन सकेको छैन । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुमा निर्माण गरिएको नेपाल टेलिमको टावर संचालनमा नआउँदा सेवाग्राही मर्कामा परेका छ्न। स्थानिय निर्वाचनकै बेला टावर संचालनमा ल्याउने गरी निर्माण गरिएको भएपनि अहिले सम्म संञ्चालनमा नआउदा फोन सेवामा समस्या भएको स्थानीयले बताए ।
निर्माण सम्पन्न भएको टावर संञ्चालनमा नआउदा अहिले यो क्षेत्रका स्थानीयहरुले भारतीय सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । महाकाली नगरपालिका वडा नम्बर ७ को धाप विद्यालय र दत्तु विद्यालय नजिक निर्माण गरिएका टावरमा रेडियो लिंक जडान गर्न मात्रै बाकी रहेको<span;> नेपाल टेलिकम दार्चुलाका कार्यालय प्रमुख कृष्ण बहादुर गुरुङले बताए ।
अबको एक हप्ता भित्र (सिसिएसआइ) कम्पनीले दुबै क्षेत्रमा रेडियो लिंक जडान गर्ने तयारी गरेको नेपाल टेलिकम दार्चुलाले जनाएको छ। टावरमा जडान गर्ने समान नेपालगन्ज पुगेको बताइएको छ । तत्काल यि दुई वटा टावरहरुमा टुजी सेवा संञ्चालन हुने र पछि फोरजी सेवा संञ्चालन हुने टेलिकम दार्चुलाले जनाएको छ ।
जिल्लाको व्यासँ गाउँपालिका वडा नम्बर ५ धौलाकोट क्षेत्रमा समेत चैत्र महिना भित्र टावर संञ्चालन ल्याउने तयारी भएको टेलिकम दार्चुलाले जनाएको छ ।यस्तै जिल्लाको नौगाड गाउँपालिका वडा नम्बर २ दल्लेख बजार क्षेत्रमा टेलिकमको टावर निर्माणधिन अवस्थामा रहेको बताइएको छ । जिल्लाभरी अहिले झण्डै ३० वटा टावरहरु रहेको टेलिकम दार्चुलाले जनाएको छ । टेलिकमको विकल्पमा भारतीय सीमकार्ड प्रयोग गदै दत्तु बासी
टावर निर्माण भएको ६ महिना हुदा सम्म पनि टावर संचालनमा नआएपछि दत्तु क्षेत्रका नागरीकहरु भारतीय सीमकार्ड प्रयोग गर्न थालेका छन । नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदाँ दत्तुका नागरीकहरु भारतीय सीमकार्ड प्रयोग गर्न बाध्य भएका हुन् । दार्चुला जिल्लामा नेपाल टेलिकमको फोन तथा इन्टरनेट सेवा प्रभावकारी नहुदाँ सीमावर्ती क्षेत्रका नेपाली नागरिकहरुले भारतीय सीमकार्ड प्रयोग गर्न बाध्य भएका छन ।
सिमाक्षेत्रमा भारतीय सीमकार्डहरुमा इन्टरनेट सेवा दुर्त गतिमा चल्ने भएकाले पनि नेपाल टेलिकमका ग्राहकहरु भारतीय सीमकार्ड प्रयोग गर्न थालेका छ्न। नेपाल टेलिकमका स्काई तथा नमस्ते सीमकार्डहरुमा भन्दा भारतीय सीमकार्डहरु एटेल, आइडीया, बीएसएनएल प्रयोगकर्ता यस क्षेत्रमा बढेका छ्न । नेपाल टेलिकमको सेवा प्रभावकारी नहुदाँ र बेला बेला अबरुद्ध हुने भएकाले पनि सीमावर्ती क्षेत्रमा भारतीय सीम कार्ड प्रयोग गर्नेहरुको संख्यामा बृद्धि भएको छ ।
📷️भोजराज जोशी
