
दार्चुला असोज ०२ । नेपाली कांग्रेस दार्चुलाका युवा नेता एवंम स्थानिय ब्यापारी गणेश दत्त बडूले दुहुँका वाढी पहिरो पिडितहरुलाई आर्थिक सहयोग गर्नु भएको छ । भदौ १३ गते राति परेको विनासकारी बाढी र पहिरोमा परि विस्तापित एवम् घरबार विहिन दुहु गाउँपालिकाका बाढी पिडित हरुलाइ सहयोग संकलन समिती मार्फत नगद ५ हजार ५ सय रुपैया सहयोग गर्नु भएको छ ।
मनसुन जन्य वर्षावाट क्षतविक्षत भएका परिवारहरुको घाउँमा सानै भएपनि मलम पट्टी लगाउने कोशिस गरेको बडूले वताए । विपत्तिको वेलमा समिति मार्फत पिडितहरुलाई सहयोग गरेको भन्दै बडूलाई वाढी पहिरो पिडित सहयोग संकलन समितिले धन्यवाद दिएको छ ।