दार्चुला असोज ०२ । जिल्ला अस्पताल दार्चुलाका अनुसार पछिल्लो समय जिल्लामा कोरोनाले बालबालिकालाई आक्रमण गरिरहेको वताईएको छ । ४ महिना देखी २÷३ वर्ष उमेर समुहका बालबालिकाहरुमा कोरोना संक्रमण भेट्टीएको छ । भाइरल ज्वरोको लक्षण सहित अस्पताल पुगेका ५० प्रतिशत बालबालिकामा कोरोनाको संक्रमण भेट्टीएको अस्पतालका सिनियर अहेब डम्बर दत्त भट्टले जानकारी दिए । शनिबार ज्वरो सहित अस्पताल पुगेका एक जना बालकलाई अक्सिजनमा राखेर उपचार गरिएको उनले वताए ।
दार्चुलामा तीन दिनको अवधिमा ६ जना बालबालिकामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । ज्वरो र रुघाखोकी सहितका लक्षण भएका बालबालिकामा एन्टिजेन परिक्षण गर्दा कोरोना संक्रमण भेट्टीएको बताइएको छ । बिहीबार जिल्लाका २ जना बालबालिकामा कोरोना संक्रमण भेट्टीए पछि अन्य बालबालिकाहरुमा पनि एन्टिजेन परिक्षण गरिएको तथा उनिहरुमा समेत संक्रमण भेट्टीएको जनाइएको छ ।
जिल्ला अस्पतालका अुनसार १ महिनाको अवधिमा ३८ जनाको एन्टिजेन रिर्पोट पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएका मध्ये ६ जना अस्पतालमा भर्ना भएका छन्, भने बाकी होम आइसोलेसनमा छन् । मौसम परिवर्तन हुँदै जादा बिरामी हुनेहरुको संख्या पनि बढ्दै गएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs