दार्चुला असोज ०३ । संविधान दिवस २०७८ को उपलक्ष्यमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष पुष्करराज जोशीले वडा भित्र रहेका टुहुरा, बेसाहारा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्नु भएको छ । बालबालिकाले पढ्न पाउनु मौलिक हक भएको भन्दै अध्यक्ष जोशीले दिवसको अवसरमा बेसाहारा १४ जना बालबालिकालाई शैक्षिक सामग्री, झोला सहयोग गर्नुका साथै मिठाँई वितरण गर्नु भएको हो । जुनसुकै बालबालिकाले पनि पढ्न पाउनु पर्छ भनेर संविधानमै ग्यारेन्टी गरिएको कुरालाई स्मरण गर्दै वडा अध्यक्ष जोशीले उनिहरुको पढाईमा सहयोग पुगोस भनेर शैक्षिक सामग्री सहयोग गरेको प्रतिक्रिया दिए ।
दिवसको अवसरमा वडा कार्यालयको वार्षिक बजेटबाट खरिद गरी उनिहरुलाई झोला १, कापी १ दर्जन, डटपेन २ दर्जन, पेन्सिल २ दर्जन र कटर तथा इरेजर सहयोग गरिएको उनले वताए । आमा बाबु कोही पनि नभएका तथा आफन्तको साहारामा बसीरहेका उनिहरुको डाटा संकलन गरी विद्यालय सम्म पहुँच पु¥याएर शैक्षिक सामग्री सहयोग गरेको बताइएको छ । आधारभुत विद्यालय उमेर समुहका उनिहरुको पढाई समेत निशुल्क गरिएको वडा अध्यक्ष जोशीले जानकारी दिए ।
वडाका अन्य जनिप्रतिनिधि तथा पत्रकार सहभागी रहेको कार्यक्रमका बिच उनिहरुलाई शैक्षिक सामग्री सहयोग गरिएको थियो । कार्यक्रम वडा कार्यालयमा भएको थियो । बेसाहारा तथा टुहुरा बालबालिकालाई शैक्षिक सामग्री सहयोग गर्दै वडा अध्यक्ष पुष्कर राज जोशीले बालबालिकाको अगामी शैक्षिक यात्रा तथा संविधान दिवसको सबैमा शुभकामना कामना व्यक्त गर्नु भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs