दार्चुला असोज ०३ । संविधान दिवसको अवसरमा कर्मचारी मिलन केन्द्र दार्चुलाले सञ्चालन गरेको खुला युगल व्याटमिन्टन प्रतियोगिता आइतबार सम्पन्न भएको छ । गत भदौ २८ गतेबाट सञ्चालन भएको खुला युगल व्याडमिन्टन प्रतियोगिता संविधान दिवसको दिन सम्पन्न भएको हो । फाइनल खेलमा ईश्वर थापा र इन्द्रराज भट्टको जोडीले कृष्ण बोहरा र हिक्मत महताको जोडीलाई पराजीत गर्दै विजयी हुन भएको छ । थापा भट्ट जोडीले महता र बोहरा जोडीलाई सोझो सेटमा पराजीत गर्दै उपाधी जितेको हो । फाइनल प्रवेशको लागि थापा र भटट्ले नरेन्द्र बहादुुर बम र राकेश सामन्तको जोडीलाई पारजीत गरेको थियो ।
प्रतियोगितामा १८ वटा टिमको सहभागिता रहेको थियो । दिवसको अवसरमा खेलप्रतियोगिता समापनको साथै पुरुस्कार वितरण गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमलाई नगद ६ हजार तथा द्वितीय टिमले नगद ४ हजार तथा ट्रफि वितरण गरिएको थियो ।
कर्मचारी मिलन केन्द्रका अध्यक्ष अमरसिह धामीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्वराज जोशीको प्रमुख आतिथ्य रहेको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2025, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs