दार्चुला  । जिल्ला स्तरिय खुल्ला पुरुष कबड्डी प्रतियोगिताको उपाधि बडाल फाउण्डेसनले हात पारेको छ ।
सनिवार सम्पन्न भएको फाइनल खेलमा ज्वाला टिमलाई पराजित गर्दै बडाल फाउण्डेसन उपाधि हात पारेको हो । ४० मिनेट सम्म संचालन भएको फाइनल खेलमा बडाल फाउण्डेसनले ५२ अंक प्राप्त गर्दै उपाधि उचालेको थियो भने ज्वाला टिमले ४८ अंक प्राप्त गर्दै उपविजेतामै चित्त बुझाउनु परेको थियो ।

पहिलो हापमा  २३–२० अंकका साथ ज्वाला टिमले अग्रता कायम गरेको भएता पनि दोस्रो हापमा ज्वालालाई उछिन्दै बडाल फाउण्डेसनले ५२–४८ अंकका साथका उपाधि चुम्न सफल भएको दार्चुला जिल्ला कबड्डी संघका सचिव नविन जोशीले जानकारी दिए ।
फाइनलमा पराजित भएको ज्वाला टिम दोस्रो र धाप तृतिय भएको जिल्ला कबड्डी संघका सचिव जोशीले बताए ।
प्रतियोगिताको बिजेता टिम बडाल फाउण्डेसनले नगद ५५ हजार ५ सय रुपैया, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजेता ज्वाला टिमले नगद २१ हजार १ सय २१ रुपैया शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तृतिय भएको धाप टिमले नगद रु. ११ हजार १ सय ११, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगिता विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

वेष्ट रेडरमा जगदिश लुहार, वेष्ट डिफेन्डरमा नविनबहादुर कुवर, अलराउण्डरमा सन्तोष थापा, अनुशासितमा अभिशेख कुवर र राइजिङ प्येलेयरमा विकाससिह विष्ट चयन भएका थिए । त्यस्तै गोविन्द कुवर,चन्द्रसिह धामी र सन्दिप वोहरा मैन अफ द मैच खेलाडीको रुपमा घोषित भएका छन् ।
प्रतियोगितामा बेष्ट रेडर भएका खेलाडीलाई नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट डिफेन्डरलाई पनि नगद रु. १ हजार १११, ट्रफि र प्रमाणपत्र, बेष्ट अलराउन्डरलाई नगद रु. १ हजार ५ सय ५, ट्रफि र प्रमाणपत्र तथा अनुशासित खेलाडीलाई नगद २ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
जिल्ला कबड्डी संघ दार्चुलाको आयोजनामा कार्तिक १५ गतेदेखि सुरु भएको खुल्ला पुरुष कबड्डी प्रतियोगितामा जम्मा ७ टिमको सहभागिता रहेको थियो ।

दार्चुला जिल्ला कबड्डी संघका अध्यक्ष डम्बरसिह खत्रीको अध्यक्षता एवंम् महाकाली नगरपालिका प्रमुख नरसिह चैसिरको प्रमुख आतिथ्यतामा पुरुस्कार वितरण गरिएको हो ।

पुरुस्कार वितरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण जोशी, महाकाली नगर उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट , सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्मर बहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय