धनगढी : डाक्टर गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गरे पछी कैलालीमा खैलाबैला मच्चिएको छ। गेटा अस्पतालमा अनसन बस्न लागे पनि विश्वविद्यालय स्थापनार्थ सङ्घर्षरत समिति र स्थानीयले अवरोध गरेपछि उहाँले हिजो बेलुकीदेखि धर्मशालामा तीन दिने अनसन शुरु गर्नुभएको हो ।

सङ्घर्षरत समूहले डा. केसीलाई विश्वविद्यालय रोकेर प्रतिष्ठान स्थापनाको माग उठाएर विश्वविद्यालय निर्माण प्रक्रियालाई बिथोल्न खोजेकोले स्थानीयले अवरोध गरेका थिए । गेटा मेडिकल कलेजको सञ्चालनलगायत पहिलेका मागको कार्यान्वयनसहित डा. केसीले अनसन शुरु गर्नुभएको हो । उहाँले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने माग गर्दै आउनुभएको हुनुहुन्छ ।

सुदूपश्चिमाञ्चलका जन्ता र सुदूपश्चिमको विकास विरुद्ध बोल्ने छुट कसैलाई नभएको र विरुद्ध बोल्ने पर्ती चुप नलाग्ने शहिद दसरथचन्द स्वास्थ्य विज्ञान विशवविद्यालय संघर्षसमिति संयोजक लोकराज पाण्डेय ‘आगो ‘ ले बताए।

उनले भने डा,गोविन्द केसी ले शहिद दसरथचन्द स्वास्थ्य विज्ञान विशवविद्यालय लाई विशवविद्यालय नभई स्वास्थ्य प्रतिष्ठान बनाउनु पर्ने माग खेदपूर्ण भएको संयोजक पाण्डेयले पत्रकार समेल्लनमा जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय