मेरि उनलाई देख्ने बितिक्कै मेरो मनमा प्यार बढेर आयो उनि एकदम सुसिल अनि लुरी थिइन मलाई त्यस्तै मान्छे मन पनि पर्थ्यो उनले एक शब्द कसै संग बोल्दा पनि मनमा यत्ति धेरै डाहा हुन्थ्यो कि जति म मात्र हु उस्लाई चाहने भनि तर त्यो पनि सम्भब भैदिएन, यति माया गर्ने मान्छेलाई त भगवानले पनि साथ दिनु पर्ने मैले मन मनै सोचि रहे अहः त्यो पनि गरिदिनु भएन,।

तिमी जति त म निष्ठुरी बन्न सकेन तिम्ले माया मारेर गए पनि यो मन यो तन तिम्लाई नै सुम्पिसके को छु।तिम्रा हरेक इच्छाहरु पुरा गर्न सक्दैन थिए तर तिम्लाई माया र मोहको कमी कहिले पनि हुन दिने थिएन तिम्ले त्यो कुरा एकछिन पनि सोचेनौ।

कुरा दिन प्रतिदिन बढ्दै बढ्दै गयो अनि माया पनि,तिमीले सोचेको होला यो भिखारी हो यो ले के दिन्छ मलाई भनि दिन त केहि सक्ने थिएन तर तिम्लाई मायाको कमि कहिले पनि हुन दिने थिएन बस माया बाहेक अरु तिम्लाई दिन केहि थिएन।

आशा थियो एकदिन त चाहान्छौ मलाई भनेर तर त्यो पनि सम्भब भएन भनेउ आमा बुवाको इज्जतमा दाग लगाउदैन भनेर हुन त त्यो पनि हो तर माया लगाए पछि इज्जतमा दाग लाग्छ भन्ने पनि त हुदैन।

मनले चाहेको पुरा हुदैन भन्छन हो रहेछ तिम्लाई यो मनले यत्ती चाहेर पनि तिमी मेरो भएनौ यो भाग्यको दोष भनौ या तिम्रो नै उस्ले त छिट्टै भनि गुड बाई म तिमीसंग माया लाउदिन भनेर त्यहि शब्द देखेर यो मन भक्कानियो मुटु ढुकढुक गर्न थाल्यो।

ठिक छ निष्टुरी भनेको छ नी पृथ्वी गोलो छ एकदिन पालो घुमेर कुकुरको पनि त आउछ ,तिम्रो भबिश्य उज्जवल अनि तिम्रो जिन्दगी सुखमय तरिकाले बितोस शुभकामना।

हरिशचन्द्र भाट बैतडी 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय