एजेन्सी । इलामको फाकफोकथुम गाउँपालिका–५, लुम्देका विनोद राईले भ्वाइस् अफ नेपाल सिजन–५ को उपाधि जितेका छन् ।
शुक्रबार राति भएको फाइनलमा अन्य तीन प्रतिस्पर्धीलाई पाखा लगाउँदै विनोदले उपाधिमा कब्जा जमाएका हुन् ।
विजेता बनेसँगै विनोदले २० लाख रुपैयाँको पुरस्कार हात पारेका छन् । विनोदले सर्वाधिक भोटका आधारमा फाइनल जितेका हुन् ।
विनोदलाई जिताउन उनको गृहजिल्ला इलाममा अभियान नै चलाइएको थियो । उनका शुभचिन्तक र समर्थकले भोट माग्दै जिल्लाभर प्रचारप्रसार गरेका थिए ।
ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्रान्ड फिनालेमा मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप भएका छन् ।
