मुटु झिकेर तिमीलाई ठुलै उपहार दिँउ लाग्छ ।।

यो प्यारको झमेलाबाट छिट्टै उम्किँउ लाग्छ ।।

 

तपाईलाई के लाग्छ ? सबैभन्दा अग्लो,चौडा

मलाई बा को काँध आमाको पिठीँउ लाग्छ ।।

 

यो जीन्दगीको दौड धुपले यसरी थाकी सकेँ

निदाई सके पछि कहिल्यै नबिउझिँउ लाग्छ ।।

 

खुट्टा तानेर उठ्नसम्म दिएन ज-जसले मलाई

उनीहरू कै अघि शिर ठाडो पारी उभिँउ लाग्छ ।।

 

पछि किनारा लाग्नुपर्छ श्वास रहुन्जेल हो डुब्ने

पैला तिम्रो दिलको गहिराइबाट पन्छिँउ लाग्छ ।।

✍️सिद्ध समर्पण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय