साथी र म

एका विहानै घरबाट निक्लियौ

म ड्रिस लगाएर उ बिना ड्रिसमा

काँध मेरो भारी झोला छ।

उस्को एक किताब र कपि भएको

बाँकी ठाउँमा हावा भरिएको

म बिहान देखि साँझसम्म उतै हुन्छु

साथी एक घन्टा मै फर्केर आउछु

अनि मेरी आमा दङ्ग पर्छिन्

भन्छिन; छोरा होस त फलाना कै जसो।।

 

म हरेक वर्ष भरिएको झोला लगेर गए

मेरो झोला फेरियो किताब फेरिए

साथीका न झोला फेरियो न किताब फेरिए

न लेखेको पुरानो कपि नै

साथीको न कक्षा फेरियो न नम्बर फेरियो

पटक पटक असफल हुदाँ पनि समाज

अझै सान्त्वना दिन्छ ।

भन्छ राम्रो भैरहेको छ एक दिन सफल हुन्छस

म पटक पटक सफल भए

तर कसैले भनेन त पनि हुन्छस

म एक पटक असफल के भए

अनि पो भयो गाई गुइ सुरु

तेरो हातले हुन्न छोड दे अब,

त पनि सिको गर साथी को

भविष्य बना समयमै साथीलाई हेर।।

 

जब साथी बर्षौ पछि सफल भयो

समाज हल्लियो

हजारौंको स्याबासीसँगै ठुलो रबाफ

म भने बिहानै किताबले भरिएको

झोला बोकेर पुरानै बाटोमा

फरक थियो,

उ कुनै भाषा सिकाउने

निजी इन्सिच्युटमा गयो म कलेज

म पटक पटक सफल भए

उ पटक पटक असफल भयो

मलाई चिनेन साथीलाई चिने

किन कि ,

उ देश छोडेर जादैै छ

उस्ले बिटो कमाउँछ घर पाल्छ

म अह अझै मागि रहेकै छु।

फेरि मेरी आमा दङ्ग हुन्छिन्

भन्छिन छोरा होस त फलाना कै जसो।।

 

साथीले बर्ष दिनमै घर फेर्यो

रहन सहन फेर्यो आफन्त फेर्यो

एक एक गर्दै सबै फेर्यो

तर म;झोला ,किताब ,पढने कोठा

बाहेक अरु फेर्न सकि रहेकै छैन्।

अब समाज भन्छ मलाई

यत्रो बर्ष फालिस के पाइस

म संग उत्तरमा दुई चार

कोरा कागज बाहेक केही छैन

तब ;फेरि मेरी आमा दङ्ग पर्दै भन्छिन्

छोरा त साच्चिकै फलानाले मात्रै पायो।।

 

तर मैले झिनो आशा अझै मारेको छैन

आमालाई भने चिन्ता नगर

अब मात्रै एक बर्ष छ ।

खै;

यो पनि ती बर्ष जस्तै पो जाने हो कि

अलमल्ल परेको छु

तर मेरो अठोट

अझै एक बर्ष कलेजकै झोला बोक्छु।।

             ✍️लवदेव धामी (लव )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय