साथी र म
एका विहानै घरबाट निक्लियौ
म ड्रिस लगाएर उ बिना ड्रिसमा
काँध मेरो भारी झोला छ।
उस्को एक किताब र कपि भएको
बाँकी ठाउँमा हावा भरिएको
म बिहान देखि साँझसम्म उतै हुन्छु
साथी एक घन्टा मै फर्केर आउछु
अनि मेरी आमा दङ्ग पर्छिन्
भन्छिन; छोरा होस त फलाना कै जसो।।
म हरेक वर्ष भरिएको झोला लगेर गए
मेरो झोला फेरियो किताब फेरिए
साथीका न झोला फेरियो न किताब फेरिए
न लेखेको पुरानो कपि नै
साथीको न कक्षा फेरियो न नम्बर फेरियो
पटक पटक असफल हुदाँ पनि समाज
अझै सान्त्वना दिन्छ ।
भन्छ राम्रो भैरहेको छ एक दिन सफल हुन्छस
म पटक पटक सफल भए
तर कसैले भनेन त पनि हुन्छस
म एक पटक असफल के भए
अनि पो भयो गाई गुइ सुरु
तेरो हातले हुन्न छोड दे अब,
त पनि सिको गर साथी को
भविष्य बना समयमै साथीलाई हेर।।
जब साथी बर्षौ पछि सफल भयो
समाज हल्लियो
हजारौंको स्याबासीसँगै ठुलो रबाफ
म भने बिहानै किताबले भरिएको
झोला बोकेर पुरानै बाटोमा
फरक थियो,
उ कुनै भाषा सिकाउने
निजी इन्सिच्युटमा गयो म कलेज
म पटक पटक सफल भए
उ पटक पटक असफल भयो
मलाई चिनेन साथीलाई चिने
किन कि ,
उ देश छोडेर जादैै छ
उस्ले बिटो कमाउँछ घर पाल्छ
म अह अझै मागि रहेकै छु।
फेरि मेरी आमा दङ्ग हुन्छिन्
भन्छिन छोरा होस त फलाना कै जसो।।
साथीले बर्ष दिनमै घर फेर्यो
रहन सहन फेर्यो आफन्त फेर्यो
एक एक गर्दै सबै फेर्यो
तर म;झोला ,किताब ,पढने कोठा
बाहेक अरु फेर्न सकि रहेकै छैन्।
अब समाज भन्छ मलाई
यत्रो बर्ष फालिस के पाइस
म संग उत्तरमा दुई चार
कोरा कागज बाहेक केही छैन
तब ;फेरि मेरी आमा दङ्ग पर्दै भन्छिन्
छोरा त साच्चिकै फलानाले मात्रै पायो।।
तर मैले झिनो आशा अझै मारेको छैन
आमालाई भने चिन्ता नगर
अब मात्रै एक बर्ष छ ।
खै;
यो पनि ती बर्ष जस्तै पो जाने हो कि
अलमल्ल परेको छु
तर मेरो अठोट
अझै एक बर्ष कलेजकै झोला बोक्छु।।
✍️लवदेव धामी (लव )
