काठमाडौं । देशका केही स्थानमा यति बेला (बिहीबार बिहान ९ः४० बजे) पानी परिरहेको छ । काठमाडौंलगायत स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार, पछिल्लो एक घण्टामा सिन्धुपाल्चोकको नवलपुरमा सबैभन्दा बढी ३२.६ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै चौतारामा ७ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंको चन्द्रागिरिमा ७.८ मिलिमिटर पानी परेको छ । नैकापमा ३.४ मिलिमिटर पानी परेको विभागले जनाएको छ ।
