एजेन्सी । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।
उक्त सैन्य अभ्यासका कारण पानी जहाजको मार्गमा पनि असर पुगेको बताइएको छ । पेलोसीले भने बुधबार ताइवान छाडिसकेकी छन् । अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई लिएर चीन आक्रोशित बनेको हो । चिनियाँ अधिकारीहरूले पेलोसीको भ्रमणको चर्चा भएदेखि नै विरोध जनाउँदै आएका थिए । जवकि २५ वर्षको अवधिमा पेलोसीको भ्रमण अमेरिकी उच्च अधिकारीको भ्रमण हो । उक्त भ्रमणलाई लिएर चीनले कडा शब्दमा आपत्ति जनाएको छ । यससँगै चीनले ताइवान वरपरको समुद्रमा सैन्य अभ्यास गरेको हो । विश्वका व्यस्त जलमार्गमध्ये एक मानिने यस क्षेत्रमा चीनले युद्धपोतहरू तैनाथ गरी सैन्य अभ्यास गर्दै आएको हो ।
