दार्चुला । जिल्लाको मार्मा गाउँ पालिका वडा नम्बर २ घट्टेगाडमा रहेको ४० मेगावाटको अपर चमेलिया जलविद्युत आयोजनाको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ।
सोमबार आयोजनाको उद्घाटन मार्मा गाउँ पालिकाका अध्यक्ष जमन सिह धामी र प्रमुख जिल्ला अधिकारी किरण जोशी ज्यूले संयुक्त रूपमा गर्नु भएको हो। कार्यक्रमा मार्मा गाउँ पालिकाका उपाध्यक्ष , वडा अध्यक्ष लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागीता रहेको थियो ।
करिब आठ अर्ब लगानीमा निर्माण भएको आयोजना ३० महिनामै सम्पन्न भएको हो । उत्पादित उत्त विद्युत बलाचस्थित सब स्टेशनबाट राष्ट्रिय प्रशारण लाईनमा जोडिने छ।
यो सँग सम्वन्धित समाचारको तल छ ।
