दार्चुला :   नेपाली कांग्रेस दार्चुलाले प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता दिलेन्द्र प्रसाद बडु नेपाल सरकारको कानून, न्याय तथा संसदिय मामिला मन्त्रीमा नियुक्त भएको खुसीयालीमा पार्टी कार्यालय खलंगामा दीप प्रज्वलन सहित भव्यरुपमा खुसीयाली कार्यक्रम गर्ने भएको छ । मन्त्री बडूले महत्वपुर्ण मन्त्रालयको जिम्मेवारी पाएको खुसीयालीमा कांग्रेस दार्चुलाले पार्टी कार्यालयमा कार्यकर्ता भेला गराएर एक आपसमा शुभकामना व्यक्त गर्ने कार्यक्रम तय गरेको सभापति ललित सिंह बोहराले जानकारी दिए ।

कानून मन्त्री बडू २०७४ सालको निर्वाचनमा समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य बन्नु भएको हो । कानुन मन्त्री बडू यसअघि २०४८ सालमा प्रजातन्त्र पुर्नबहाली भएपछि पहिलो पटक आवास तथा भौतिक योजना सहायक मन्त्री बन्नु भएको थियो, भने २०५६ सालमा शिक्षा तथा खेलकुद राज्यमन्त्री तथा ६२÷६३ सालको जनआन्दोलन पश्चात गठन भएको सरकारको सुचना तथा संचार राज्यमन्त्री बन्नु भएको थियो । मन्त्री बडूले सोही समयमा तत्कालिन वनमन्त्री गोपाल राइको निधनपछि वन मन्त्रालयको र सरकारको प्रवक्ताको जिम्मेबारी समेत सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय