दिपक खाती, दार्चुला । सुन्दा जो कसैलाई पनि अचम्म लाग्न सक्छ कि आफ्नै देशको एउटा वडाबाट अर्को वडामा जान आफ्नो देशको बाटो छैन बिदेशी भुमि प्रयोग गर्नुपर्छ भनेर तर यथार्थ र सत्य यहीँ हो । देशको सुदुर उत्तरमा रहेको दार्चुला जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रीदेशिय सिमानामा सामरिक महत्त्व बोकेको ब्याँस गाउँपालिकाको वडा नम्बर १ छाङरु,तिङकर जाने नेपाल तर्फ बाटो छैन । सदरमुकाम खलंगा देखि गाउँपालिकाको केन्द्र सुन्सेरा सम्म दार्चुला तिङकर सडकको ट्र्याक खुलेपनी बर्षातमा सडक भत्किदा बर्षभरी ३ महिना (असार, साउन, भदौ) सम्म पुर्णरुपमा दार्चुला सदरमुकाम देखि सुन्सेरासम्मको सडक बन्द हुन्छ ।
ब्याँसको वडा नम्बर ३ तुसरपानी देखि सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले पनि बजेट अभावमा भौगोलिक कठिनाइ आदि कारणले सडक निर्माणकार्य लाई तिब्रता दिन सकेको छैन । सदरमुकाम खलंगा बाट ब्याँसको वडा नम्बर २ राप्लासम्म पनि पुग्ने कच्ची सडक र पैदलमार्ग भएपनि भौगोलिक विकटतका कारण राप्लाका जनता नेपालको बाटो प्रयोग नगरी भारतको बाटो प्रयोग गरि झोलुङ्गेपुल र तुईन बाट आवातजावत गर्ने गर्छन् । ब्याँसको वडा नम्बर २ कल्जुसम्म नेपालतर्फ पैदलमार्ग भएपनी कल्जुभन्दा अगाडिको बाटो बर्सेनि बर्षातले भत्किदा नेपालको बाटो हुँदै वडा नम्बर १ छाङरु तिङकर जान सक्ने अवस्था नहुदा भारतको बाटो प्रयोग गरि आवतजावत गर्नुपर्ने बाध्यता छ । भारतको बाटो प्रयोग गरि ब्याँस १ पुग्न जति सहज छ त्यो भन्दा बढी भारतको बाटो प्रयोगका लागि पास बनाउन असहज र झन्झट छ । भारतले धारचुला बाट ४९ किमि अगाडि रहेको छ्यालेक भन्दा माथिको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर त्यहाँ भन्दा माथी जान भारतिय प्रशासनले जारी गरेको पास प्रयोग गरेर मात्रै जान पाईन्छ ।
छ्यालेक भन्दा ३, ४ किमि अगाडि पर्छ भारतको गर्ब्याङ र गर्ब्याङ पुगेपछि सितापुल हुँदै ब्यासको छाङरु तिङकर जान सकिन्छ । भारतको छ्यालेक भन्दा माथी जान पास बनाउन नेपालीले पहिला जिल्ला समन्वय समिति बाट पास बनाउनुपर्छ र त्यसपछि सिमा प्रशासन कार्यालय बाट उक्त पासमा छाप लगाई भारत धारचुलाको उप(जिल्ला अधिकारीको कार्यालयले पासको पछाडी आफ्नो छाप लगाई उप(जिल्ला अधिकारीले पास जारी गर्छ र त्यसरी जारी भएको पासको म्याद ६ महिनासम्म हुन्छ अर्थात त्यो पासको प्रयोग गरेर ६ महिनासम्म भारतको बाटो प्रयोग गरि ब्यास १ सम्म आवातजावत गर्न सकिने भएपनि भारतले आफुखुसी नियम चेन्ज गरेर आफुले नरुचाएको जो सुकै नेपालीलाई भारतीय प्रशासन बाट पास बनाएपनी भारतको बाटो प्रयोग गर्न रोक लगाउन सक्छ,रोक लगाउने गर्छ ।
यसपटक भारतको बाटो प्रयोग गरि छाङरु जादा म लगायत दुई जना स्थानीय सरकार प्रमुख (महाकाली नगरपालिका प्रमुख र ब्याँस गाउँपालिका अध्यक्ष) माथी पनि भारतीय सिमा सुरक्षा बल(SSB) ले बिनाकारण आफुखुसी अभद्र व्यवहार गर्दै भारतको धारचुला तहसिल देखि १४ किलोमीटर अगाडि रौउती पुल (नेपाल तर्फ तिग्रम) भन्ने ठाउँमा रोकेर तपाईहरुको पासमा केही समस्या छ तपाईहरु यो भन्दा अगाडि जान पाउनु हुदैन भनेर फर्काईयो ।
भदौ २० गते ब्याँस गाउँपालिका वडा नम्बर १ तिङकर छ्यालेकमा रहेको सशस्त्र प्रहरी बलको BOP उद्घाटन कार्यक्रमको लागी ब्याँस १ तिङकर जानको लागि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाका गणपति डम्बर बहादुर विष्ट,महाकाली नगरपालिकाका प्रमुख, व्याँस गाउँपालिकाका अध्यक्ष लगायत पत्रकारहरु गरी ३२ जना भारतीय मोटर बाटो हुँदै व्याँस जाँदै थियौ ।
भारत धारचुला बाट १४ कि.मि अगाडि भारतको रौउती र नेपालको तिग्रम भन्ने ठाउँ जहाँ नेपाल भारत जोड्ने झोलुङ्गे पुल छ । उक्त झोलुङ्गे पुलमा रहेको क्क्द्य को क्याम्पमा नेपाली सुरक्षाकर्मी सशस्त्र प्रहरी का एआईजी लाई स्वागत गर्ने भन्दै भारतीय SSB का डिआईजी आएकोले SSB ले हामीलाई रोक्यो,मायाको चिनो दिई चिया बिस्कुट खुवाएर स्वागत गर्यो । दुबै देशको सिमा सुरक्षार्थ खटिने समकक्षी संगठनका उच्च अधिकारीहरु छलफल गर्दै थिए भारतीय SSB का तल्ला दर्जाका अधिकृतहरु हाम्रो छाङरु जाने पास चेकजाज गर्दै थिए जबकि भारतको धारचुला देखि करिब ६० किलोमिटर अगाडि रहेको छ्यालेक बाट भारतले निषेधित क्षेत्र घोषणा गरेर त्यहाँ भन्दा अगाडि जानकोलागि पास जारी गर्छ पास बिना कसैलाई अगाडि जान दिदैन ।
छ्यालेकमा चेकजाँच गर्नुपर्ने पास ४६ कि.मि वरै किन चेक गर्दैछन् मेरो मनमा विभिन्न संकाहरु उठ्न थाले, SSB को हातमा हामी छाङरु जाने ३२ जनाको नाम सहितको लिस्ट थियो र त्यो लिस्टमा हामी तिनैको (महाकाली नगरपालिका प्रमुख नरसिंह चैसिर, ब्याँस गाउँपालिका अध्यक्ष मंगलसिह धामी र मेरो) नाममा गोलो लगाएको थियो हातमा भएको लिस्ट हेर्दै दिपक खाती,मंगल सिह धामी,नरसिह चैसिर कौनहै (को हुनुहुन्छ ) आपके पासमे कुच दिक्कत है आँप अभि मत जाओ (तपाईको पासमा केहि समस्या छ,तपाईहरु अहिले नजानु) भन्दै हामीलाई रोक्यो हाम्रो पासमा के समस्या रहेछ जबकि त्यहीँ पासले त्यहीँ बाटो प्रयोग गरेर ब्याँस गाउँपालिका अध्यक्ष २ महिना अगाडि तिङकर गएर कार्यपालिका बैठक गरेका छन्, म त्यहीँ पासले छाङरु गएको छु दुबै देशको सरकारी अधिकारीले हस्ताक्षर र छाप हानेको पासमा के कैफियत रहेछ भनेर SSB लाई सोध्दा जवाफ दिन चाहेन र करिब ३० मिनेट जति भएको भारतीय SSB का डिआईजी र सशस्त्र प्रहरीका एआईजी,सिडिओ बीचको छलफल सकिएपछि SSB ले सशस्त्रका एआईजी, सिडिओ, एसपी सरलाई बिदाई गर्दा तपाईहरु जानुहोस यी तीन जनाको (मंगल सिह धामी,नरसिंह चैसिर,दिपक खाती) पासमा केही समस्या छ हामी उप (जिल्ला अधिकारी कार्यालय सोधेर केहि समय पछि पठाउछौ भनेर उहाँहरुलाई पठायो र हामी तिनै जनाको पासको बारेमा माथि सोधपुछ गर्छु भनेर हामिलाई २ घण्टा जति रोकाउदा पनि भारतीय SSB ले हामीलाई कुनै जवाफ नदिएपछि मैले काथमा एक फुली भएको SSB लाई सोधे सर हामीलाई किन रोकेको हाम्रो पासमा के समस्या हो बताउनुस भन्दा उसले मलाई भित्र लगेर भन्यो आँप नराज मत हुए मे छोटा आदिम हु मेरेको उपरसे आदेश आयाहे कि आँप तिनोको यहासे उपरजाना मत देना ( दुख नमान्नु म सानो मान्छे मलाई माथिबाट आदेश छ कि तपाईहरु तिनै जनालाई यहाँ भन्दा माथी जान नदिने भनेर ) ।
गाउँपालिका अध्यक्ष र मेयर सापले त्यहिबाट धारचुलाका उप(जिल्ला अधिकारीलाई फोन गर्दा फोन लागेन छाङरुमा रहेको सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्मका गुल्मपति बिरसिह धामीलाई फोन गरेर हामीलाई छाङरु आउँदा रौउती पुलमा भारतीय SSB ले रोक्यो के कारणले हो तपाई बुझ्नुहोस भन्यो र उहाले धारचुलाको SSB को कमान्डरलाई फोन गर्दा कमान्डरले पनि ती तीन जनालाई माथिबाटै रोक्ने आदेश छ भनेर भनेपछि हामिहरु रौउती बाट पैदल हिडेर धारचुला फर्कियौ । रौउती बाट हामी तल फर्किएपछि पनि त्यहाँको SSB ले माथी जाने प्रत्येक गाडिलाई चेक जाज गर्यो हामिहरु लुकेर गयौं कि भनेर । नेपालको सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक,जिल्लाको प्रमुख जिल्ला अधिकारी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरुको टोलिमा आफ्नो मित्र राष्ट्रको बाटो प्रयोग गरेर आफ्नो देश जान खोज्दा बिनाकारण बीच बाटो बाट भारत संग खुल्ला सिमाना जोडिएका स्थानीय सरकारका प्रमुखहरु लाई फर्काउदा समेत हाम्रो प्रशासन लाई पत्तो भएन ।
छ्यालेकमा भारतीय सुरक्षाकर्मिले हामी तिनै जनाको नाम लिएर सोधपुछ गरेपछि हामीलाई फर्काएको थाहा पाँए । छाङरु पुगेपछि हामीलाई किन रोके होलान्,ब्याँसमै BOP उद्घाटन गर्नुपर्ने ब्याँसकै पालिका अध्यक्ष रोकिनु ठिक भएन उहाँहरुलाई ल्याउनुपर्छ भन्दै र रोक्नुको कारण सोध्न CDO ले आफ्नो समकक्षी पिथौरागडको DM (प्रमुख जिल्ला अधिकारी) लाई फोन गर्दा एक चोटि लागेछ उठेन दोस्रोपटक गर्दा फोन अफ गरेछ त्यो दिन भारतीय SSP का डिआईजी सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक लाई रौउती पुलमा स्वागत गरेर नेपालको अतिक्रमीतभुमि कालापानी गएको र प्रमुख जिल्ला अधिकारी र उप जिल्ला अधिकारी समेत कालापानी गएका रहेछन।
भारतीय प्रशासन संग सम्पर्क गर्दा सम्पर्क नभएपछि CDO सापले गृह सचिव लाई फोन गरेर भारतको बाटो प्रयोग गरि छाङरु जादा हामिहरुलाई फर्काएको घटना बताएर भारतीय दूतावासमा खबर गरि हामिहरुलाई भारतीय बाटो प्रयोग गरेर छाङरुसम्म आउने अनुमतिको लागी अनुरोध गरिदिनु भनेछन् । दूतावास बाट पनि ओतिन ( म,ब्यास गाउँपालिका अध्यक्ष,महाकाली नगरपालिका मेयर ) जान सक्दैनन् भन्ने खबर पाएपछि हाम्रो हातले केही हुँदैन भनेर चित्त बुझाउदै CDO साप लगायत सशस्त्र प्रहरीको टोलिले २१ गते उद्घाटन गर्नुपर्ने BOP २२ गते गरेछन् ।
रोक्नुको कारण
–––––––––––––––––––
हुन त सिमानामा भारतीय सुरक्षाकर्मिले आम नेपाली माथी केरकार गर्नु, यातना दिनु, चेकजाँचमा अनावश्यक दुख दिनु लाई आफ्नो धर्मनै ठान्छन् तरपनि दार्चुला जिल्ला भारत संग खुल्ला सिमाना जोडिएको र भारतद्वारा अतिक्रमीत भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरा जस्तो भूगोलको जिल्ला भएको हुनाले पनि दार्चुलामा बसेर आफ्नो माटो र सिमाको बिषयमा बोल्ने, लेख्ने, आवाज उठाउनेहरुलाई व्यक्ति विशेषका आधारमा भारत जादा भारतीय सुरक्षाकर्मी बाट दुर्ववहार हुन्छ । विगतमा कालापानीको बिषयमा आवाज उठाउने एमाले नेता वीर बहादुर ठगुन्ना, प्रेम सिह धामी पुर्व पन्चायत सदस्य बहादुर सिह ऐतवाल लगायतलाई पनि भारतको बाटो प्रयोग गरि आवातजावत गर्दा दुर्ववहार गरेकै हो ।
अहिले ब्याँस गाउँपालिकाले छाङरुमा चुच्चे नक्सा सहितको राष्ट्रिय स्तम्भ निर्माण गरेको र तिङकरमा कार्यापालिका बैठक गरेर चुच्चे नक्साले थपेको भूगोलको लाई नेपालको हो भनी दावी गर्न संघिय सरकारलाई ब्यासको चार किल्ला प्रमाणित गर्न अनुरोध गरेको निर्णयले रुष्ठ बनेको भारतले ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिह धामी लाई निगरानी गरेर भारतको बाटो प्रयोग गरेर कालापानी क्षेत्रको गाउँ छाङरु जान रोकिएको हो जस्तो लाग्छ र महाकाली नगरपालिकाका मेयर नरसिंह चैसिर आफ्नो नगरपालिका भन्दा बाहिर जानेवितिक्कै उहाँ एउटा जनप्रतिनिधि संगै एमालेको नेता समेत हुने भएकाले कालापानी लिपुलेक लिम्पियाधुरा क्षेत्र समेटेर चुच्चे नक्सा प्रकाशित गर्दा एमालेको सरकार भएकोले एमालेको नेताको हैसियतले नरसिंह चैसिर लाई पनि कालापानी नजिकको गाउँ छाङरु जान रोकेको जस्तो लाग्छ ।
मलाई चाहिँ अहिले मात्रै नभएर यो भन्दा पहिले पनि भारतको बाटो प्रयोग गरि छाङरु जादा अभद्र व्यवहार भएको छ । २०७७ असार तिर नेपालले चुच्चे नक्सा जारी गरेपछि त्यस क्षेत्रका नागरिकको आवाज सुन्न र प्रतिक्रिया बुझ्न सरकारले सिमामा गरेको काम आदिको बारेमा कालापानी ग्राउन्ड जिरो रिपोर्टिङको लागी आएको शुभक महतो, नरेन्द्र कार्की संग कालापानी सम्म पुग्ने प्रयास गरे देखिनै भारतले मलाई निगरानी गरिरहेको र बेला बेला ए देश त लाई कालापानी दुख्छ,दुख्दैन ? जब दुख्छ लिपुलेक,कालापानीमा भारतीय शैनिकका बुट बज्दा तिमिलाई किन दुख्दैन सरकार,जब रुन्छ कालापानी लिपुलेक लिम्पियाधुरा जस्ता दर्जन जति लेख रचना कविता प्रकाशित गरेको कारणले पनि मलाई भारतको बाटो प्रयोग गरेर कालापानीको छेउको गाउँ जान रोकेको हो जस्तो लाग्छ ।
हामीलाई रोक्नुको अन्य केही ठुलो कारण भारतीय सिमा सुरक्षा बलको के होला र अरु । भारत सरकारको अनुमति बिना छ्यालेक भन्दा माथी एउटा किरा पनि जान नसक्ने क्षेत्रमा हामी गएर के नै गर्न सक्थ्यौ र ? न हामी कुनै आतंककारी,न भारतको दुश्मन न हामीले अहिलेसम्म भारत लाई गाली गरेका छौं बरु हामीले त सामरिक महत्त्व बोकेको ब्याँसमा बजेट परेन, बिकास भएन भनेर नेपाल सरकार लाई गाली गरेका छौ । हामीले आफ्नो देशको सिमा र माटोको बिषयमा बोल्दा भारतको टाउको दुख्ने हुँदा हामिलाई फेरि BOP उद्घाटनमा गएर सिमाको बारेमा बोल्छन् भनेरै हामिलाई फर्काएको हो । टिप्पणी गर्नेले के भन्छन् त्यो उनको बुझाई हो तर भारतले हामीलाई फर्काउनुको कारण बारे मैले बुझेको कारण माथी उल्लेख गरिसके ।
भारतीय सुरक्षाकर्मीले फर्काउदा सिकेको पाठ ।
–––––––––––––––––––––––––––––––––––––––––––––––––––––––––
भारतबाटोको प्रयोगगरि ब्याँस १ छाङरु जादा बिनाकारण बीच बाटोबाट फर्काएको भारतिय दुर्व्यवहारले दुखित बनाए पनि यसले एउटा सकारात्मक पाठ सिकाएको छ ( आफ्नो माटोमै बाटो बनाउ र प्रयोग गर भन्ने । जबसम्म हामी आफ्नो माटोमा बाटो बनाउदैनौ तबसम्म ब्याँस जान भारतको बाटो प्रयोग गर्नुको विकल्प छैन । भारतको हेपाह प्रवृत्ति र सिमानामा चेकजाँचको नाममा हुने केरकार जबसम्म हामी भारतीय बाटोमा निर्भर रहन्छौ तबसम्म रहिरहन्छ ।
भारतीय सुरक्षाकर्मिले हामीलाई रौउती बाट फर्काएपछि महाकालीका मेयर साप र ब्याँस गाउँपालिका अध्यक्ष ज्यु ले अहिलेसम्म हामीले आफ्नो गाउँ जाने बाटो बनाउन नसकेकोमा आत्मालोचना गरि अब जुनसुकै हालतमा छाङरु,तिङकर जोड्ने पैदलमार्ग निर्माण गर्न लागिपर्ने अठोट गर्दै महाकालीका मेयर सापले बाटो निर्माणको लागी आफुले सहयोग गर्ने बताए । बिकासको लागि बजेट भन्दा बढी बिकास गर्ने दृढता हुनु जरुरी छ ।
थोरै बजेट दिएर कडा चट्टानी भाग रहेको क्षेत्रमा बाटो निर्माण गर्नु सहज छैन त्यसैले अब ब्याँस गाउँपालिकाले तिङकर सडक निर्माणको जिम्मेवारी पाएको सेनालाई घचघच्याएर निर्माणकार्य लाई तिब्रता दिन लगाउने र आफुले तिङकर जोड्ने पैदलमार्ग बनाउन म बनाउछु मेरो बाटो भन्ने एउटा अभियान नै चलाउनुपर्छ । सरकार संग बजेट नभए गाउँपालिकाले कार्यापालिका बैठक बाट प्रत्येक देशभक्त नेपाली बाट रु।१० रुपैया सहयोग माग्ने निर्णय गरेर सहयोग संकल्न गर्नुपर्छ । उदार हृदय र कोमल मनका स्वाभिमानी जो कोही नेपाली सहयोग गर्न पछाडि हट्दैन । ३ करोड प्रत्येक नेपालीले १० रुपैया दिदा ३० करोड हुन्छ बाटो बन्ने बजेट प्रयाप्त हुन्छ । त्यसैले अब तन मन धनका साथ ब्याँसका स्थानीय सरकारका जनप्रतिनिधिले छाङरु तिङकर जोड्ने पैदलमार्ग निर्माणको अगुवाई जुनसुकै हालतमा गर्नुपर्छ ।
