दिपक खाती, दार्चुला । नेपाली सेना द्वारा निर्माण भईरहेको दार्चुला टिंकर(कोठेधार-टिंकर) सडकको स्थलगत निरीक्षण तथा अनुगमन गर्दै र सडकको ट्र्याक खोल्न बाकी भु-भागको बस्तुस्थिती बुझ्न नेपाली सेनाको २५ बाहिनीका निमित्त बाहिनीपति महासेनानी सोनिक गुरुङ,दार्चुला तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख- प्रमुख सेनानी राजेश कट्वाल सहित नेपाली सेनाको विकास निर्माण गण दार्चुला तिङ्कर सडक आयोजनाको टोलि ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेराबाट नेपालको बाटो हुँदै नेपाल चीन सिमानाका टिंकर भञ्ज्याङ १ नम्बर पिलर पुगेर फर्किएको छ ।

जेठ ८ गते सुन्सेराबाट नेपालको बाटो हुँदै गाडीमा दुम्लिङ सम्म पुगेको सेनाको टोलि दुम्लिङ भन्दा अगाडि पैदलमार्ग हिडेर साझ ब्याँस १ पोला पुगेको थियो । दोस्रो दिन ९ गते पोलाबाट पैदलमार्ग हिडेर साझ छाङरुको गागा पुगेको टोलिले १० गते छाङरु गाउँका स्थानीय संग भेटघाट समेत गरेको थियो ।
ब्याँस १ छाङरु गाउँमा सेनाको टोलि पुग्दा स्थानीयले नेपाली सेनाले सरकार बाट प्राप्त मुख्य जिम्मेवारी सडक निर्माणको कार्यलाई पनि सिमित स्रोतसाधनको बाबजुद तीब्रता दिएर दुम्लिङ सम्म गाडी पुगाउनुका साथै गत बर्ष आतुङ्ती र कल्जु बिचको ३०० मिटर सडकको ट्र्याक खोलेर नेपालकै बाटो कुन्चा जान सहयोग भएको साथै स्थानीय गाउँलेको आग्रहमा छाङरुको गागा देखि गाउँसम्मको करिब ७०० मिटर सडक निर्माण गरेको र छाङरुका २ टिंकरका २ अनाथ विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सैनिक विद्यालयमा निशुल्क भर्ना गरिदिएको भन्दै नेपाली सेनाको २५ बाहिनीका निमित्त बाहिनीपति महासेनानी सोनिक गुरुङ,दार्चुला तिङ्कर सडक आयोजनाका आयोजना प्रमुख- प्रमुख सेनानी राजेश कट्वाल सहितको टोलिलाई धन्यवाद ज्ञापन सहित खादा लगाएर स्वागत गरेको स्थानीय जनक सिंह धामीले जानकारी दिएका छन् ।


चिन सिमानाका क्षेत्र जोड्ने गरि निर्माण भईरहेको दार्चुला टिंकर सडकको ७९ किलोमीटर सडक (ब्याँस ३ तुसरपानी देखि ब्याँस १ टिंकर) निर्माणको जिम्मेवारी नेपाल सरकारको २०७७/१/१४ र २०७८/१०/१७ को मन्त्रीपरिषदको निर्णय अनुसार नेपाली सेनालाई दिईएको हो । सेनाले हालसम्म सिमित स्रोतसाधन,भौगोलिक विकटता,कडा चट्टानी भुभाग,मौसमी प्रतिकुलता जस्ता चुनौतीको सामना गर्दै शुन्य बिन्दु ब्याँस गा.पा ३ तुसरपानी देखि ब्याँस गा.पा २ दुम्लिङ सम्मको १२ किलोमीटर सडक गाडी चल्ने बनाएको छ । भने चालू आ.ब को बैशाख महिना सम्म जम्मा १९.८ किलोमीटर सडकको नयाँ ट्र्याक निर्माण गरेको र ९.४ किलोमीटर सडक स्तरोन्नति गरेको सेनाले जनाएको छ ।

छाङरु बाट ११ जेठमा टिंकर हुँदै छ्यालेक गएको नेपाली सेनाको टोलि हिउँ परेर नेपाली चीन सिमानाका टिंकर भञ्ज्याङ १ नम्बर पिलर जान नसकेपछि १२ गते सेनाको टोलिले टिंकर गाउँका स्थानीय संग भेटघाट गरेको थियो । टिंकर गाउँमा पनि स्थानीयले सेनाको टोलिलाई स्वागत गरेको थिए । मौसम अनुकुल भए संगै आज जेठ १३ गते बिहान छ्यालेक बाट पैदल हिडेर नेपाल चीन सिमानाका १ नम्बर पिलर पुगेको सेनाको टोलि साझ छाङरु फर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय