धनगढी: धेरै ठाउँहरूमा पुग्ने क्रममा म पुगे धनगढी मोतीचोकमा रहेको पशुपति शिक्षा मन्दिरमा जहाँ पुगेपछि मलाई लाग्यो यो जमानामा पनि संस्कारसहितको शिक्षा दिइँदैछ। मैले धेरै ठाउँमा पुग्ने बेला विद्यार्थीहरूको व्यवहार र शिक्षकहरूको व्यवहार धेरै रूपमा निरीक्षण गरिरहेको हुन्थे। त्यसै क्रममा पशुपति शिक्षा मन्दिरमा पुग्दा जुन अरु विद्यालय भन्दा फरक पाए र फरक देखे तब लाग्यो प्रशासन सही छ भने र सिकाउने ठाउँ सही छ भने सिक्ने विद्यार्थी त्यही बाटोमा जान्छ।

प्रवेशद्वार पुग्ने बित्तिकै शिक्षकहरूले गर्ने स्वागत विद्यार्थीहरूलाई गरिने अभिवादन र विद्यार्थीले शिक्षकप्रति गरिने अभिवादन जुन अरु स्कुलको तुलनामा पशुपति शिक्षा मन्दिरमा फरक देखियो। जहाँ प्रत्येक विद्यार्थी स्कुल पस्दा स्कुलका प्रधानाध्यापक स्वयं विद्यार्थीको हालखबर सोध्न प्रवेशद्वारमै बसेका देखिए र प्रत्येक विद्यार्थीले आफू पढाउने शिक्षक र प्र. अ सम्मानस्वरूप खुट्टा ढोगेर सम्मान गरेको मैले देखे।

हालको जमानामा आफ्नै आमाबुवालाई समेत सम्मान गर्न हिच्किचाउने र ढोग्न हिच्किचाउने बालबच्चाहरूलाई पशुपति शिक्षा मन्दिरमा यस्तो शिक्षा दिइँदो रहेछ जहाँ उपस्थित हुने प्रत्येक अभिभावकको समेत स्वागतमा विद्यार्थी र प्रत्येक विद्यार्थीले त्यहाँ उपस्थित अभिभावकलाई गर्ने सम्मान र देखाउने व्यवहारले म नतमस्तक भए। तब मलाई लाग्यो शिक्षाभन्दा अनिवार्य संस्कार रहेछ।

जब विद्यार्थीहरूको स्कुलको समय सुरु भयो तब विभिन्न बन्दना सहित गुरुमन्त्र गायत्रीमन्त्र मातृ प्रणाम साथै दीप प्रज्वलनर योगासहित बिहानीको कक्षा सुरु गराइँदो रहेछ। मलाई नौलो लागेको अर्को कुरा के हो भनेपछि प्रत्येक कक्षाहरूलाई प्रत्येक राष्ट्रिय विभूति र हाम्रा पूज्य भगवानहरूको नामबाट नामाङ्कित गरिएको रहेछ गरिएको रहेछ। प्रत्येक भित्ताभित्ताहरूमा विभिन्न आदर्शका कुरा र विभिन्न व्यक्तित्वहरूका भनाइहरूले रङ्ग्याइएको देखियो। प्रत्येक दिन गुरुमन्त्र गायत्रीमन्त्र र देशभक्ति गानका साथमा सुरु गराइने फरक प्रचलन पशुपति शिक्षा मन्दिरमा रहेछ। जुन यो समय र परिवेशको लागि एकदम उपयुक्त रहेको मलाई लाग्यो।

विद्यार्थी विद्यार्थीहरू बीचको भाइबहिनीको सम्बन्ध शिक्षक शिक्षिका बीचको आत्मयता र लगनशीलता देखेर मलाई लाग्यो मैले सानोमा यही संस्कार पाएको भए आज म कुनै अर्को ठाउँमा हुन्थे। जहाँका प्रधानाध्यापक स्वयं आफै प्रत्येक विद्यार्थीको हालखबर र नआएका विद्यार्थीलाई कारण सहित प्रष्ट गर्न अभिभावकलाई सम्पर्क गर्ने र प्रत्येक विद्यार्थीको समस्यालाई बुझ्न खोज्ने प्रचलन पशुपति शिक्षा मन्दिरमा देखियो।

पशुपति शिक्षा मन्दिरका प्रधानाध्यापक सुरेश प्रसाद बडुले भन्नुभयो संस्कार बिनाको शिक्षा अधुरो रहन्छ। प्रत्येक आमाबुवाको चाहना हुन्छ आफ्ना छोराछोरी संस्कारी भएको देख्ने तर धेरै ठाउँको शिक्षामा घोकन्ते शिक्षा रहेका कारणले हाल धेरै बालबालिका कुलतमा फस्ने साथै एकान्त मन पराउने भइसकेको र यसैको निराकरणको लागि आफू लगातार रुपमा प्रयत्नशील रहेको प्रधानाध्यापक बडुले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय