काठमाडौं- विराटनगरमा एक युवाको हत्या भएको छ ।
मृतक र घाइतेको शरीरमा धारिलो हतियार प्रहार भएको छ । सोमबार राति करिब १० बजेतिर विराटनगर महानगरपालिकाको नेपाल टेलिकमनजिक तीन युवा गम्भीर अवस्थामा भेटिएका थिए ।
घाइतेमध्ये कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको हो । कटहरी–१ जमटोकीकै २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ ।
