बुवा र भाईलाई मा’रेका मिलनले प्रहरीलाई दिएको बयान यस्तो छः ‘बुवा र भाइ म*रेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ’
लोकसेवामा ६, ७ पटक फेल भएपछि म जिन्दगीसँग दिक्दार भएँ । मलाई डिप्रेसन भयो । लगालग लोकसेवा बिग्रेपछि अब जिन्दगीमा केही नहुने भयो भनेर बिरक्तिएँ । म बाच्दिनँ भन्ने लाग्यो ।
बुबा पनि डिप्रेसनको बिरामी । एकचोटि आ’त्मदा’हको प्रयास गर्नुभएको थियो । म नबाँचेपछि परिवारका अरु कसरी बाँच्लान् भन्ने लाग्यो । त्यसैले मभन्दा पहिला बुबाआमा म’र्नुपर्छ भन्ने ठानेँ । दशैंमा गाउँ गएको बेला मा’र्ने प्रयास गरेको थिएँ । तर वातावरण मिलेन ।
अहिले बुवा उपचार गर्न आएको बेला ‘उपयुक्त’ मौका छोपेँ । हामी सबैले न्याय र मुक्ति पाउने भयौं भन्ने लागेर बुवा र भाइलाई मा’रेँ मा’रेपछि म भक्तपुरकै बिरुवा गएँ । गलबन्दीको पा*सो लगाएर रुखमा झु*ण्डि*एँ । तर गलबन्दीको गाँठो फुस्कियो । भगवानले मलाई ‘नमर’ भनेजस्तो लाग्यो । बुवा र भाइ म*रेपछि मैले आमाको रेखदेख गर्नुपर्छ भन्ने सोचेँ ।
त्यहाँबाट म भक्तपुर दरबार स्क्वायर गएर दिनभरि बसेँ । साँझ परेपछि चावहिलको सगरमाथा होटलमा कोठा लिएर बसेँ । त्यहाँ दुई रात बसेपछि आज बिहान पत्रिकामा समाचार देखेँ । त्यो पत्रिका बोकेर कोटेश्वरतिर गएँ । तर, त्यहाँ पुग्दा गल्ती ठाउँमा पुग्दैछु जस्तो लागेर गाडीबाट ओर्लिएँ । महाराजगञ्जको गाडी चढेँ । महाराजगञ्जको पुलिस अफिसको सरलाई पत्रिका देखाएर ‘यो मै हो’ भनेँ ।
