दार्चुला :   मंगलवार नेपाली काँग्रेस दार्चुलाको ७ औँ जिल्ला अधिवेशन हुदैछ । अधिवेशन नजिकिदै गर्दा जिल्लामा अधिवेशनको सर्गर्मी ह्वात्तै बढेको छ । काँग्रेस नेता कार्यकर्ताहरु क्षेत्रदेखि जिल्लासम्मको उम्मेदवारी घोषणामा एकपछि अर्को रुपमा प्रतिष्पर्धा गरिरहेका छन् ।

जिल्ला सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र अमर सिंह धामीले घोषणा गरेका छन भने जिल्ला उपसभापतिमा अहिलेसम्म नेपाल तरुण दलका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उमेश सिंह खत्री, लेकम गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महेन्द्र राज जोशीले उम्मेदवारी घोषणा गरेका छन् । खत्री नेपाली कांग्रेस दार्चुला का प्रभावशाली युवा नेता मानिन्छन् ।

नेता तथा कार्यकर्ताहरुलाई एकतावद्ध गर्दै लैजाने नेतृत्व क्षमता आफूसँग भएकाले उम्मेदवारी घोषणा गरेको उनले बताए । काँग्रेसका भातृसंस्था नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला र दलित कर्मचारी सबैलाई पार्टीमा समन्वय गरेर लान सक्ने उनको दाबी छ ।

यहि कारण युवा शक्ति र युवा नेतृत्वलाई बुझेर आफूलाई जिल्ला उपसभापतिमा चयन गर्न उनले आग्रह गरेका छन् । साथै उनले निर्वाचनले आन्तरिक द्धन्द्ध पैदा गर्ने हुदा सकभर सर्वसम्मतबाटै काँग्रेसको नेतृत्व चयन गर्न सुझाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय