दार्चुला — मङ्गलबार रातिदेखि परेको लगातारको वर्षाका कारण व्यास गाउँपालिका–२ स्थित घट्टेखोलामा आएको बाढीले दुम्लिङ लघुजलविद्युत् आयोजनाको नहर बगाएको छ ।

नहर बगाएर विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएपछि तल्लो दुम्लिङ, बिचगाउँ, चौराकाठा र दुम्लिङ गोठानगाउँका १०५ घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् ।

स्थानीयवासी प्रभात बुढाथोकीका अनुसार बुधबार बिहान करिब १:१५ बजेतिर खोलामा आएको बाढीले आयोजनाको नहरसँगै आसपासका केही घरहरूमा समेत क्षति पुर्‍याएको छ ।

आर्थिक वर्ष २०६१/६२ मा गरिबी निवारण कार्यक्रमको आर्थिक सहयोगमा र राजाकोट युवा क्लबको प्राविधिक सहयोगमा निर्माण गरिएको उक्त आयोजना बाढीका कारण ठप्प भएको वडाध्यक्ष धीरनसिंह बुढाथोकीले पुष्टि गरे ।

बाढीपछि विद्युत् आपूर्ति पूर्णरूपमा बन्द हुँदा प्रभावित क्षेत्रका बासिन्दा दैनिक कार्यमा समस्या भोगिरहेका छन् । तत्काल मर्मत सम्भावना नभएको भन्दै स्थानीयहरू विकल्प खोज्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय