महेशसिंह धामी
– पार्टीलाई दुई–चार चुल्ठे मुन्द्रे र जड्याहाको हुलबाट कब्जा गर्छौ भन्ने मानसिकतालाई निरुत्साहित गर्न ।
– पार्टीकै योगदानले पद प्राप्त गरेका तर ‘हामीले पार्टीबाट के पायौ’ रु भनेर प्रश्न गर्ने बिचारहरुलाई परास्त गर्न ।
– नैतिकताको सामान्य ख्याल समेत नगरी ‘अनैतिक हर्कत’ गर्दै हिड्नेहरुलाई पार्टी सुम्पिन सकिदैन भन्ने जवाफ दिन ।
– जनताको फोनसम्म उठाउन नभ्याउनेहरुलाई बडो दुःख र मिहेनतका साथ बनाएको संगठन र र पार्टी जिम्मा लगाउन सकिदैन् ।
– स्थानीय तहहरुमा ‘भाडभैलो मच्चाउँदै रोइलो गरे जस्तै गरी पार्टी पनि चलाई हाल्छौ नि’ भन्ने ठान्नेहरुको दिवा सपनालाई रोक्न ।
– जिल्लाको वृहत प्रजातान्त्रिक आन्दोलनलाई ’एउटा गुटको किस्तिमा चढाउनु हुन्न ’ भन्ने आम कार्यकर्ताको भावनाको कदर गर्न ।
– हामी ’ दावेदार हौ ’ भन्दै छाती पिट्दै र भाइभारदार हरु जम्मा गरेर तडक देखाउँदैमा नेतृत्व मिल्दैन भन्ने जवाफ दिन ।
– नेतृत्वको विरुद्ध मोर्चा बन्दी गर्दै गलत अभ्यासको खेती गर्नेहरुलाई साईजमा ल्याई औकात चिन्ने बनाउन ।
– पार्टीको विधि, पद्धति, मर्यादा र अनुशासनको ख्याल नगर्नेलाई नेता मान्न सकिन्न भन्ने जवाफ दिन ।
– पैसाले पार्टी र कार्यकर्ता किन्न सकिन्छ भन्नेहरूको मानसिकतामा बज्रपात गर्न ।
– नेतृत्वमा सहमति कायम गर्दै सुसंगठित ढंगले पार्टी चलाउनुपर्छ भन्ने कार्यकर्ताको भावना बिपरित हिड्ने छुट कसैलाई छैन भन्ने चिताउन ।
– पार्टी चुल्ठे मुन्द्रेको जमात नभई एक सुसंस्कृत संगठनका रूपमा विकास गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित गर्न ।
क्रमशः……..