काठमाडौं – नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका धनराज गुरुङ कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् । शेखर कोइराला समूहका उनले सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार एवं निवर्तमान उपसभापति विजयकुमार गच्छदारलाई २ मतले पराजित गर्दै उपसभापति बनेका हुन् ।
५६ वर्षीय गुरुङ पार्टीमा तेस्रो पुस्तामा गनिन्छन् । १४ औं महाधिवेशनको तयारी गर्दै गर्दा सुरुवातमा उनको दाबी महामन्त्रीमा थियो । त्यसबेला धेरैले आकलन गरेका थिए, उनले आदिबासी जनजातितर्फ सहमहामन्त्री बन्न महामन्त्रीको दाबी गरिरहेका छन् ।
उनलाई समूहले पनि सहमहामन्त्रीकै रुपमा अघि सार्ने तयारी समेत नगरेको भने होइन । तर, अन्तिम समयमा उम्मेदवारी तय गर्दा संयोग यस्तो पर्यो कि गुरुङ नै उपसभापतिका उम्मेदवार भए । अलमलकै बीचमा कोइरालाले गुरुङलाई उपसभापतिको उम्मेदवार बनाए, निर्वाचन प्रक्रियामा कोइराला आफै हारे । तर, गुरुङ भने लोकप्रिय मतसहित विजयी भएका छन् ।
स्याङ्जाका गुरुङ ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाए । उनी आफू राजनीतिमा हुनुको श्रेय आफ्ना माइला दाजु यामबहादुरलाई दिन्छन् । ‘त्यो बेला म १४ वर्षको मात्रै थिएा । मलाई मेरो माइला दाजुले राजनीतिमा ल्याउनुभयो । हामी पञ्चायत विरोधी सडक आन्दोलनमै होमिएका थियौं, मलाई दाइले नै नेविसंघ बनाउनुभएको हो,’ विहीबार उपसभापतिमा निर्वाचित भएपछि गुरुङले भने । उनका दाजु पनि नेविसंघको राजनीतिमा सक्रिय थिए ।
त्यही आधारमा नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुदै केन्द्रीय उपसभापति र ०५३ सालमा केन्द्रीय सभापति भएर देशभरि आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्न सफल भए ।
नेविसंघ पछि उनले तरुण दलमा पनि काम गर्ने मौका पाए, महामन्त्रीका रुपमा । ०५४ मा तरुण दलको महामन्त्री बनेका उनको सक्रियता पार्टीमा पनि बढ्दै गयो, १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सांसद भएका उनले त्यो बेला सार्वजनिक लेखा समितिको सदस्य भएर काम गरे ।
विद्यार्थी र तरुण संगठनको नेतृत्व गरेका गुरुङ युवा र विद्यार्थीमाझ त्यहीबेला देखि लोकप्रिय हुन् । पार्टीमा होस् वा राष्ट्रिय राजनीतिका मुद्दामा, उनी आफ्ना कुरा प्रष्टसाग राख्छन्, कुनै पनि प्रसंगमा छिटो र तिखो प्रतिक्रिया जनाउने उनको स्वभाव छ । उनी पार्टीकै नेतृत्वको पनि चर्को आलोचना गरिरहन्छन् ।
चर्को आलोचना र प्रतिरोध गर्ने स्वभावले उनलाई दर्जनौं पटक हिरासतमा पुर्यायो । उनी सम्झिन्छन्, ‘दलमाथिको प्रतिवन्ध भएकै बेला म पटक–पटक हिरासत परो । त्यो बेला ती कुराहरू सामान्य पनि थिए । मलाई अझै याद छ, ०४२ सालको सत्याग्रहमा धर्ना दिादा मैले मरणासन्न हुने गरी प्रहरीको कुटाई खाएको छु ।’
संविधानसभामा हुँदा गुरुङ एकपटक रातो पासपोर्ट किनबेचको विषयमा विवादमा मुछिए । तर, त्यो मुद्दामा उनी पछि निर्दोष प्रमाणित भए ।
०२२ सालमा स्याङ्जाको सामान्य परिवारमा जन्मिएका उनी आफूले मुलुक, जनता र पार्टीको हित विपरीत कुनै कार्य नसक्ने दाबी गर्छन् । ‘म सामान्य परिवारको मान्छे हुा । मेरा व्यक्तिगत धेरै सपना र महत्वाकांक्षा पनि छैनन् । मेरो यहाँसम्मको राजनीति पनि मेरो दाजुभाइ, दिदी, आमा र माया गर्ने शुभेच्छुकको भरमा हो,’ उनले भने, ‘म त गाउँमा दु:खसुख र संघर्ष गरेर आएको मान्छे हुँ । मेरा हातहरू पनि गोबरले लतपतिएका छन्, घाँस काटेरै आएका हुन् ।’
पार्टीको पहिलो निर्वाचित सभापतिका रुपमा बधाई थाप्दै गर्दा विहीबार उनले आफूलाई सामान्य अवस्थाबाट उठेर आएको नेताकारुपमा परिचित गराउने प्रयास गरिरहेका थिए । उनले आफ्नो राजनीतिक जीवन सञ्चालनको स्रोतबारे पनि खुलाइहाले । ‘मेरा ४ दाजुभाइ छन्, दिदी हुनुहुन्छ । बुवाको पेन्सन, दाजुभाइ र दिदीको मायालु साथबाट मैले आफ्नो राजनीतिक करियरलाई यहाँसम्म पुर्याएको हुँ,’ उनले भने, ‘धेरै भड्किलो राजनीति गर्न सक्ने आर्थिक हैसियत मेरो होइन, रहर पनि छैन ।’
उनले पार्टीको यो महाधिवेशनले पुस्तान्तरणको थालनी गरेको बताए । ‘पार्टीको एउटा पुस्ता छ, जो राजनीतिलाई विलासिताको बस्तु ठान्छ । मुलुक र जनताभन्दा माथि नेताहरूले आफ्नो स्वार्थलाई राखेका छन्,’ उनले भने, ‘मलाई त यस्तो विलासिताको भोक छैन । हामी पार्टीमा न कुनै भाग माग्छौं, न कुनै गुटबन्दी गर्छौं।’
धनराज गुरुङ पनि २०३६ सालबाट राजनीतिमा प्रवेश गरेका थिए। उनी २०५३मा नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति, २०५४ सालमा तरुण दलका महासचिव र त्यसपछि काङ्ग्रेस स्याङजा जिल्ला कार्यसमिति सदस्य भएका थिए। उनी संविधानसभा सदस्यसमे हुन्। अन्नपूर्ण टाइम्स